मेष

आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता हुनेछ। बुद्धिको उपयोगले विद्या र धन आर्जन हुनेछ। इच्छाशक्ति बढ्नुका साथै लक्ष्य प्राप्त गर्ने साहस जुट्नेछ। सहयोगीहरूले राम्रो साथ दिनेछन्।

बृष

साथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिनहरू बढी फलदायी रहनेछ । जुक्ति तथा बुद्धिको प्रयोगले समस्या सुल्झाउन सकिनेछ भने शुभ कार्य तथा सामाजिक क्षेत्रमा धन चैँ खर्च हुनसक्छ ।

मिथुन

लेखन र अभिव्यक्ति कलामा निखारता आउनेछ। प्रतीक्षा गरिएको नतिजा सकारात्मक हुनेछ। उपहारका साथै धनलाभ हुने सम्भावना छ। लाभदायी कामको जिम्मेवारी प्राप्त हुनेछ। सप्ताहान्तमा व्यवसाय विस्तार हुनेछ।

कर्कट

अरूको विश्वास गर्दा धोका हुन सक्छ। अवसरका लागि निकै दौडधुप पनि गर्नुपर्ला। प्रयत्न गर्दा यात्राको प्रक्रिया अघि बढ्न सक्छ। छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला।

सिंह

एउटै कामलाई दोहोर्याएर प्रयत्न गर्नुपर्ला। साथीभाइ समयमा नजुट्नाले पनि दुःख पाइनेछ। सप्ताहान्तमा विभिन्न अवसर जुट्नुका साथै मनमा आनन्द मिल्नेछ। पारिवारिक भेटघाटका बीच स्वादिष्ट भोजनमा मन रमाउनेछ।

कन्या

मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। तर धेरै फाइदा उठाउन भने नसकिएला। केही रकम हातलागी भए पनि तत्काल खर्चनुपर्ने स्थिति आउन सक्छ। श्रमको राम्रै मूल्यांकन भए पनि उपलब्धि तत्कालै प्राप्त नहुन सक्छ।

तुला

विशिष्ट व्यक्तिसँग मित्रता बढ्नेछ। परिश्रमअनुसार राम्रै फल पाइनेछ। आम्दानी बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। सप्ताहान्तमा भने खर्चिलाे काम आँट्नाले धेरै रकम जाेहाे गर्नुपर्ने हुन सक्छ। तापनि, शुभचिन्तकहरूले साथ दिनेछन्। विदेश ताक्नेहरूलाई यात्राको प्रक्रिया अघि बढ्न सक्छ।

बृश्चिक

लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । विभिन्न कार्यक्रममा नेतृत्वदायक भूमिका निर्वाह गर्न पाइनेछ । टाढा रहेका साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा रहला ।

धनु

जिम्मेवारी बढ्नेछ भने अरूका लागि समय खर्च हुनेछ। तापनि आध्यात्मिक ज्ञानले दुर्भावनाका तरंगहरू समाप्त हुनेछन्। बीचमा चिताएको काम सम्पादन हुनेछ भने नयाँ कामतर्फ अग्रसर भइनेछ। विशिष्ट व्यक्तिहरूसँगको सहकार्यले फाइदा दिलाउनेछ। पुराना कामको चर्चा हुनेछ भने उपलब्धिको स्रोत प्राप्त हुनेछ।

मकर

मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ । सजिलै अरुको बिश्वास जित्न सकिनेछ । धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन् । लक्ष्मीजीको कृपाको योग परेकोले अर्थलाभ हुनेछ ।

कुम्भ

प्रेम र मित्रताकाे बन्धन कसिलाे हुनेछ। मंगलवारपछि अस्वस्थताको योग देखिएकाले खानपानमा सजग रहनुहोला। कामको बोझ थपिनेछ भने अर्थ अभावले याेजना रोकिन सक्छ। केही विवादास्पद जिम्मेवारी समेत वहन गर्नुपर्ला।

मीन

नयाँ कामको अवसरले उत्साह जगाउनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। व्यापार र उद्योगमा फाइदा हुनेछ। सप्ताहान्तमा व्यवसायका लागि यात्रा गर्ने अवसर जुर्न सक्छ। लगानी परे पनि दिगो काम हातलागी हुनेछ। प्राप्त उपलब्धिले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।

तपाईको प्रतिक्रिया