नेपालमा प्रयोग भएको कोरोनाको खोप प्रभावकारी

नेपालमा प्रयोग भएको कोरोनाको खोप प्रभावकारी
काठमाडौं - नेपालमा पछिल्लो समयमा नियमित रूपमा लगाइएको कोरोना विरुद्धको खोपको प्रभावकारिता देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशका विभिन्न स्थानबाट खोप लगाएका १३ हजार १६१ जनाको नमूना परीक्षण गर्दा ९० प्रतिशतसम्म एन्टिबडी देखिएको हो । मन्त्रालयले गत असार २१ गतेदेखि ३० साउनसम्म खोप लगाएका मानिसको नमूना परीक्षण गरेको थियो । सर्वेक्षणमा प्राप्त नतिजाअनुसार देशभर कूल ६८.६ प्रति...

स्वास्थ्य मन्त्रालयमा विज्ञता नमिल्नेलाई जिम्मेवारी, विषयविज्ञहरू कामविहीन

स्वास्थ्य मन्त्रालयमा विज्ञता नमिल्नेलाई  जिम्मेवारी, विषयविज्ञहरू कामविहीन
काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका अधिकांश महाशाखा र केन्द्र विज्ञता नमिल्ने प्रमुखहरूले हाँकिरहेका छन् । जब कि भएका विषयविज्ञहरूलाई भने महिनौँदेखि फाजिलमा राखिएको छ । यो कर्मचारी समायोजन ऐनविपरीत हो । सात महाशाखामध्ये चारवटामा र पाँच केन्द्रमध्ये दुईवटामा विज्ञताविपरीतका प्रमुख छन् । एउटा केन्द्रमा दरबन्दी मिचेर नियुक्त गरिएका प्रमुख छन् । केही महाशाखा र केन्द्रमा विज्ञताअनुस...

सुनिता बरालको ‘समृद्धि प्रतिको संकल्प’

सुनिता बरालको ‘समृद्धि प्रतिको संकल्प’
काठमाडौं - अनेरास्ववियुकी नेतृ सुनिता बरालद्वारा लिखित ‘समृद्धि प्रतिको संकल्प’ नामक पुस्तक सार्वजनिक भएको छ। राजधानीको बागबजार स्थित होटेल हार्दिकमा एमालेका महासचिव इश्वर पोखरेलले उक्त पुस्तक सार्वजनिक गरेका हुन् । पोखरेलले नेता बरालको लेखनको प्रसंशा गदै आगामी दिनमा थप प्रगतिको कामना समेत गर्नुभएको छ । उहाँले भन्नुभयो , ‘सुनिताजिलाई पुस्तकका लागि बधाई छ। यस पुस्तकमा विभिन्न विषयहरू सम...

जलजला बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी

जलजला बहुमुखी क्याम्पसमा अनिश्चितकालीन तालाबन्दी
जिल्लाको जलजला बहुमुखी क्याम्पसमा अनिश्चितकालका लागि तालाबन्दी गरिएको छ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयको आङ्गिक उक्त क्याम्पसमा अध्ययनरत विद्यार्थीले विभिन्न माग राखी अनिश्चितकालका लागि तालाबन्दी गरेका हुन् ।  “मध्यपश्चिमाञ्चल विश्वविद्यालय तथा मातहतका आङ्गिक क्याम्पस सुधारका विभिन्न माग राखी आन्दोलन सुरु गरेका हौँ ”, सो क्याम्पसको साझा विद्यार्थी मञ्चका संयोजक योगेन्द्रअनुपम जिसीले भन्नुभयो, “व...

सुरक्षाकर्मी बाहेक अन्य सुविधा नलिने स्वास्थ्य राज्यमन्त्रीको घोषणा

सुरक्षाकर्मी बाहेक अन्य सुविधा नलिने स्वास्थ्य राज्यमन्त्रीको घोषणा
काठमाडौँ - स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले सुरक्षाकर्मी बाहेक अन्य सुविधा नलिने घोषणा गर्नु भएको छ । आज मन्त्रालयमा सार्वजनिक स्वास्थ्य र माहामारी नियन्त्रणबारे नीतिगत प्रतिबद्धता र कार्ययोजना सार्वजनिक गर्दै उहाँले सरकारले राज्यमन्त्रीलाई उपलब्ध गराउने सुविधामध्ये सुरक्षाकर्मी मात्र लिने जानकारी गराउनु भएको छ । “सवारीसाधन, आवास र तलब भत्तालगायत कुनै पारिश्रमिक, भत्ता र सुव...

होटलमा खोप लुकाइएको होइन : स्वास्थ्य कार्यालय झापा

होटलमा खोप लुकाइएको होइन : स्वास्थ्य कार्यालय झापा
झापा - जिल्ला स्वास्थ्य कार्यालयले कोरोनाविरुद्ध सञ्चालित खोप अभियानमा कुनै अनियमितता नभएको जनाएको छ। विर्तामोडको टाइमलेस होटलबाट स्वास्थ्य शाखा विर्तामोडका फोकलपर्सन ओमबहादुर खड्कालाई १०३ भाइल भेरोसिल खोपसहित शुक्रबार नियन्त्रणमा लिइएको घटना सम्बन्धमा कार्यालय प्रमुख योगराज घिमिरेले खोप लुकाइएको भन्ने आरोप गलत भएको बताए।  'विर्तामोडमा खोप अभाव भएको हुँदा स्वास्थ्य कार्यालयका खोप प्राविधिक बाल...

खोप लगाउन पनि सोर्सफोर्स !

खोप लगाउन पनि सोर्सफोर्स !
काठमाडौं - सरकारले कोरोना भाइरसविरुद्धको खोप लगाउन लक्षित समूह प्राथमिकीकरण गरे पनि केही जिल्ला तथा पालिकामा समूहबाहिरकाले समेत खोप लगाएको पाइएको छ । योजनाविपरीत केही पालिका र जिल्लामा पहुँचका भरमा खोप लगाउने गरिएको हो । सरकारले कोभिड खोपका लागि लक्षित समूहको प्राथमिकीकरण योजना बनाएको छ । तर, सरकारी निकायले खोप लक्षित वर्गले लगाए वा लगाएनन् भन्नेबारे अनुगमन तथा नियमन गरेका छैनन् । काठमाडौंसहित...

संक्रमणको तेस्रो लहर आउन सक्छ, सजग रहौँ : स्वास्थ्य मन्त्रालय

संक्रमणको तेस्रो लहर आउन सक्छ, सजग रहौँ : स्वास्थ्य मन्त्रालय
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउनसक्ने भएकाले सचेत रहन आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले आज विज्ञप्ति जारी गर्दै निषेधाज्ञा खुकुलो भएसँगै सङ्क्रमण दर बढ्दो देखिएकाले तेस्रो लहर आउनसक्ने बताउनुभएको हो । तेस्रो लहर आउनसक्ने भएकाले सबै स्वास्थ्य सङ्घसंस्थालाई अक्सिजन, शय््यालगायत पूर्वाधार तयारी अवस्थामा राख्न अनुरोध...

१८ वर्ष माथिकालाई पनि जोन्सन एन्ड जोन्सन खोप

१८ वर्ष माथिकालाई पनि जोन्सन एन्ड जोन्सन खोप
काठमाडौं - कोरोना भाइरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप काठमाडौँ जिल्लामा १८ वर्षमाथिका सबैलाई लगाइएको छ । खोप अभियानमा काठमाडौँ जिल्लामा सोचेभन्दा कमले लगाएको र खोप बच्ने भएकाले १८ वर्षमाथिका सबैलाई खोप लगाइएको स्वास्थ्य सेवा विभागको परिवार कल्याण शाखाका निर्देशक डा तारानाथ पोखरेलले जानकारी दिनुभयो । अहिले खोप लगाउनका लागि काठमाडौँ जिल्लाका ४४ वटा खोप केन्द्रमा भीड रहेको छ । उहाँले खोप भ...

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि

कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि
भक्तपुर - राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले यही साउन ३१ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने भएको छ । यही साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म भौतिकरूपमै परीक्षार्थीलाई उपस्थिति गराएर परीक्षा सञ्चालन गर्ने बोर्डको आज बसेको बैठकले निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिनुभयो । बोर्डको बैठकले सरकारले निर्धारण गरेको स्वास्थ्य मापदण्ड अपनाएर कोभिड–१९ बाट सुरक्षित हुँदै आफू अध्...