जितेन्द्रको सपना त्रिशूलीमै बग्यो
सर्लाही - गत असार २८ गते बिहान भरतपुर महानगरपालिका-२८, नारायणगढ-मुग्लिन सडकको सिमलतालमा पहिरो खस्दा दुईवटा बसमा सवार ६५ बढी यात्रुले अकालमै ज्यान गुमाउनुपर्यो। नदीमा बससँगै धेरैकोे जीवनमा केही गर्ने सपना बिलायो भने उनीहरुका परिवारले सदस्य मात्रै गुमाएनन्, बाँच्ने आधार पनि सधैँको लागि अन्त्य भएको छ।
सर्लाहीको रामनगर गाउँपालिका-३, का जितेन्द्र रामको विदेशमा कमाएर परिवारको पेट पाल्ने सपना पनि सोह...