२० जनामा हैजा पुष्टि, सतर्कता अपनाउन मन्त्रालयको आग्रह
काठमाडौं - स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० जनामा हैजा पुष्टि भएको जनाएको छ । मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले साउनयता काठमाडौं , ललितपुर र कैलालीका २० जनामा हैजा पुष्टि भएको जनाएको हो ।
गर्मी तथा वर्षायाममा विशेष गरी झाडापखालाका, हैजा तथा पानी जन्य रोगहरू फैलने हुँदा सजग र सतर्क रहन मन्त्रालयले आग्रह गरेको छ ।
विज्ञप्तिमा भनिएको छ, रोगीको मलमूत्रबाट पानीको मुहानलाई जोगाउन...