घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य
काठमाडौं - स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन आइतबार प्रतितोला एक लाख ६० हजार छ सयमा कारोबार भएकामा आजका लागि भने एक लाख ६० हजार पाँच सय निर्धारण भएको छ। यस्तै, चाँदीको मूल्य तोलामा पाँचले घटेको छ। आइतबार प्रतितोला एक हजार नौ सय ४५ मा कारोबार भएकामा आजका लागि एक हजार नौ सय ४० कारोबार हुने गरी निर्धारण भएको छ।

काभा वुमन्स भलिबल क्लब च्याम्पियन प्रहरी टिमलाई भव्य स्वागत

काभा वुमन्स भलिबल क्लब च्याम्पियन प्रहरी टिमलाई भव्य स्वागत
काठमाडाैं - काभा महिला भलिबल क्लब च्याम्पियनसिप जितेको नेपाल पुलिस क्लबलाई काठमाडौंमा भव्य स्वागत गरिएको छ। सोमबार काठमाडौं आइपुगेको क्लवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्याण्डबाजा सहित भव्य स्वागत गरेको हो। माल्दिभ्सको मालेमा शनिबार भएको फाइनलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबमाथि ३-० को सोझो सेटमा जितसहित उपाधि हात पारेको थियो। पुलिसले अपराजित रहँदै फाइनलमा स्थान बनाएको थियो। ...

जापानिज येनको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?

जापानिज येनको भाउ घट्यो, अन्य विदेशी मुद्राको कति छ विनिमय दर ?
काठमाडौं - नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । केन्द्रीय बैंकका अनुसार सोमबारको तुलनामा मङ्गलबार जापानिज येनको भाउ घटेको छ । सोमबार जापानिज येन १० को खरिददर ९ रुपैयाँ ४२ पैसा र बिक्रीदर ९ रुपैयाँ ४६ पैसा रहेकामा आजका लागि खरिददर ९ रुपैयाँ ३२ र बिक्रीदर ९ रुपैयाँ ३६ पैसा रहेको छ । आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ०४ पैसा र बिक्रीदर...

३३ वर्षपछि घर फर्किएका प्रकाशले घरमै पाए नागरिकता

३३ वर्षपछि घर फर्किएका प्रकाशले घरमै पाए नागरिकता
भोजपुर - ‘हेर्ने कथा’ नामक युट्युब च्यानलको पछिल्लो अङ्क ‘हराएका वर्ष’ सामाजिक सञ्जालमा निकै चर्चामा रह्यो । हराएका वर्षका पात्र प्रकाश तामाङका बारेमा प्रशस्त टीका टीप्पणी भए । ३३ वर्षअघि गलैँचा बुन्न झापादेखि काठमाडौँ आउँदा हराउनुभएका उहाँ गोरखाको उत्तरी भेग चुम भ्यालीको चौँरी गोठमा हुनुहुन्थ्यो । हेर्ने कथाकै टोलीले प्रकाशको परिवार खोज्ने क्रममा उहाँको परिवार भोजपुरमा रहेको पत्ता लागेको थियो ...

घट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौं - नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमको शनिबार बसेको सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको हो । त्यस्तै निगमले आन्तरिक हवाई इन्धनमा प्रतिलिटर ५ रुपैयाँ र अन्तर्राष्ट्रिय हवाई इन्धनमा प्रति किलो लिटर अमेरिकी डलर ३७ ले घटाएको जानकारी दिएको छ । घटेको मूल्य आज राति १२ बजेदेखि लागु हुने निगमले जनाएको छ । त्यस्तै निगमले एल...

अल्लोको कपडा बुनेरै घरखर्च धानेका कुलुङ दम्पती

अल्लोको कपडा बुनेरै घरखर्च धानेका कुलुङ दम्पती
चितवन - संखुवासभाका कुलुङ दम्पती यतिबेला चितवन उद्योग सङ्घको अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्रमा सञ्चालित तिज विशेष उद्यमशील एक्स्पो तथा व्यापार मेलामा अल्लोको कपडा बेच्नमा व्यस्त छन् । आफ्नै उद्योगमा अल्लोको धागोबाट आफैले बनाएको कोट, टोपी र झोला बेच्न उनीहरू संखुवासभाबाट चितवन आएका हुन् । चितवन उद्योग सङ्घ महिला उद्यमी मञ्चको निमन्त्रणा पाएपछि आफ्नो व्यवसाय प्रवर्द्धन गर्नुका साथै चितवन पनि घु...

‘विदेशमा दुःख गर्नुभन्दा बुकीमै भैँसी पाल्दा सजिलो लागेको छ’

‘विदेशमा दुःख गर्नुभन्दा बुकीमै भैँसी पाल्दा सजिलो लागेको छ’
म्याग्दी - परम्परादेखि भेडा पाल्दै आएका बागलुङको तमानखोला गाउँपालिका-५ खुङखानीका ७२ वर्षीय रनबहादुर विकले भेडाबाख्राको संख्या घटाउदै गएका छन्। पूर्वी रुकुम, बागलुङ र म्याग्दीमा फैलिएको ढोरपाटन शिकार आरक्षको गर्पाछोडाको बुकी पाटनमा गत साउन अन्तिम साता भेटिएका विकले ३२ वर्र्षदेखि पाल्दै आएको भेडाको गोठ बेच्ने योजना रहेको जानकारी दिए । पहिले एक सय भेडाबाख्रासँगै आठ/दश वटा गाईभैँसीको गोठ लिएर बु...

यस्ता छन् मन्त्रिपरिषद बैठकका नौं निर्णय

यस्ता छन् मन्त्रिपरिषद बैठकका नौं निर्णय
काठमाडौं – सरकारले मन्त्रिपरिषद बैठकका निर्णय सार्वजनिक गरेको छ । शुक्रबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन् । बैठकले काठमाडौँ–तराई-मधेश द्रुतमार्ग सडक आयोजनालाई मकवानपुर जिल्लामा करिब ३३,९७५ वर्गमिटर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै,  राष्ट्रिय सहकारी व...

मर्स्याङ्दी बस दुर्घटना अपडेट : १४ को मृत्यु, १६ को उद्धार

मर्स्याङ्दी बस दुर्घटना अपडेट : १४ को मृत्यु, १६ को उद्धार
तनहुँ - तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ । दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको सशस्त्र प्रहरीका सहप्रवक्ता थापाले जानकारी दिएका छन् । पोखराबाट काठमाडौं आउँदै गरेको बसमा ४१ जना सवार रहेको खुल्न आएको छ । सु...

बलम्बुमा भेटिएको शंकास्पद वस्तु निस्क्रिय पारियो

बलम्बुमा भेटिएको शंकास्पद वस्तु निस्क्रिय पारियो
काठमाडौं - काठमाडौंको चन्द्रागिरि नगरपालिका–१२ स्थित बलम्बु विद्यालय नजिकै एक घरको आँगनमा फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले निस्क्रिय (डिस्पोज) गरेको छ । शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले डिस्पोज गरेको नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीले जानकारी दिए । आज बिहान तारसहितको प्रेसर कुकर झोलामा घरअगाडि फेला परेको थियो । त्यसमा विष्फोटक पदार्थ भने नरहेको प्रहरीले जनाएको छ । तर्सा...