तालिबानद्वारा अफगानिस्तानका पूर्वउपराष्ट्रपति सालेहका भाइको हत्या

तालिबानद्वारा अफगानिस्तानका पूर्वउपराष्ट्रपति सालेहका भाइको हत्या
काबुल - अफगानिस्तानका पूर्वउपराष्ट्रपति अमरुल्लाह सालेहका भाइ रोहुल्ला अजीजीको तालिबानले हत्या गरेको छ। पूर्वउपराष्ट्रपति सालेहका एक आफन्तले अजीजीको हत्या भएको पुष्टि गरेका हुन्। उनले रोयर्टसका लागि पठाएको एक एसएमएसमा तालिबानले अजीजीको हत्या गरेको र उनको अन्तिम संस्कार गर्न नदिएको उल्लेख गरेका छन्। पञ्जशीर प्रान्त तालिबानले कब्जा गर्ने क्रममा पूर्वउपराष्ट्रपति सालेहका भाइको हत्या भएको हो। प...

एमसिसीका उपाध्यक्ष सुमार काठमाडौं आइपुगे

एमसिसीका उपाध्यक्ष सुमार काठमाडौं आइपुगे
काठमाडौं - अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)का उपाध्यक्ष फतिमा सुमार नेपालको चारदिने भ्रमणमा आज बिहान काठमाडौँ आइपुग्नुभयो । कतारबाट काठमाडौँ आउनुभएका उपाध्यक्ष सुमारसँगै नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि हुनुहुन्छ । नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुस...

तालिबानले अफगानीलाई मुलुक छाड्न नदिने

तालिबानले अफगानीलाई मुलुक छाड्न नदिने
काबुल - तालिबानले अफगान नागरिकलाई अब मुलुक छाड्न नदिने बताएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार काबुल एयरपोर्टमा मुलुक छाड्नेको भीड कायमै भएकाले तालिबानले मंगलबार आफगानीलाई अब बाहिर जान नदिने बताएको हो। यसैगरी तालिबानले अमेरिकालाई ‘उद्धार’ कार्य अर्को साताभित्र सक्न पनि मिति तोकिदिएको छ। अमेरिकाले त्यहाँ रहेका आफ्ना नागरिक र विदेशी नागकिलाई उद्धार गरिरहेको छ। तालिबानका प्रवक्ता जब...

कस्तो होला तालिवानको नयाँ सरकार

कस्तो होला तालिवानको नयाँ सरकार
काठमाडौं - झण्डै २० वर्षपछि तालिवान विद्रोहीले जीत हासिल गरेपछि अफगानिस्तानमा बन्ने नयाँ सरकार कस्तो होला भन्ने चासो र जिज्ञासा सर्वत्र छाएको छ । नयाँ सरकारका बारेमा अफगानिस्तान, तालिबान र अन्तरराष्ट्रिय मामिलाका जानकारले आआफ्ना अनुमान सार्वजनिक गरिरहेका छन् । उनीहरुमध्ये अधिकांशले अफगानिस्तानमा फेरि पनि कट्टरपन्थी, रुढीवादी, अनुदारवादी र अलोकतान्त्रिक शासन व्यवस्था लागू हुने अनुमान गरेका छन...

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि
काठमाडौं - अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । ब्राजिलको रियो दि जेनेरियोस्थित माराकाना स्टेडियममा आइतबार बिहान भएको खेलमा घरेलु टिम ब्राजिललाई १-० ले पराजित गर्दै अर्जेन्टिनाले उपाधि जितेको हो । अर्जेन्टिनाले यस उपाधि जित्न २८ वर्ष लाग्यो । यसघि अर्जेन्टिनाले सन् १९९३ मा उपाधि जितेको थियो । पहिलो हाफको २२औं मिनेटमा एन्जल डि मारियाले गोल गर्दै अर्जन्टिनालाई अग्रता दिलाएका थिए ।...

नाइजेरियामा बन्दुकधारीद्वारा १० जनाको हत्या

नाइजेरियामा बन्दुकधारीद्वारा १० जनाको हत्या
काठमाडौं - नाइजेरियाको मध्य प्रान्त प्लाटेउमा बन्दुकधारीले हमला गरेर एउटा स्थानीय बारमा बसिरहेका १० जना व्यक्तिको हत्या गरेको जनाइएको छ । उक्त प्रान्तका प्रान्तीय प्रहरी प्रमुखले सोमबार सो घटनाको पुष्टि गरेका थिए । उनले बन्दुकधारी व्यक्ति भ्यानमा आएर बारमा बसेका मानिसमाथि गोली चलाएको बताए । गोली लागेर घटनास्थलमै ती व्यक्तिको ज्यान गएको बताइएको छ । आइतबार साँझ सो दुर्घटना भएको ती प्रहरी प्रम...

अमेरिकाले फाइजरको ५० करोड डोज खोप वितरण गर्ने

अमेरिकाले फाइजरको ५० करोड डोज खोप वितरण गर्ने
संयुक्तराज्य अमेरिकाले आगामी अगस्ट महिनादेखि विश्वका ९२ मुलुकका लागि फाइजरले उत्पादन गरिरहेको ५० करोड डोज खोप वितरण शुरु गर्ने जनाएको छ । ह्वाइट हाउसका अनुसार राष्ट्रपति जो बाइडेनले न्यून आय भएका र अफ्रिकाका ९२ मुलुकका लागि फाइजरका खोप खरिद गरेर वितरण गर्ने घोषणा गरेका छन् ।  कोरोना भाइरस महामारी विरुद्ध लड्न यस ऐतिहासिक अभियानले ठूलो मद्दत पुग्ने ह्वाइट हाउसले जनाएको छ । यो खोप सन् २०२१ ...

फ्रान्सेली राष्ट्रपति म्याक्रोंको गालामा हानियो झापड

फ्रान्सेली राष्ट्रपति म्याक्रोंको गालामा हानियो झापड
पेरिस - फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोमाथि दक्षिणी फ्रान्सको भ्रमणका क्रममा एक व्यक्तिले हातपात गरेका छन् ।  बाटोमा उभिएका व्यक्तिसँग कुराकानी गरिरहेकै अवस्थामा एक व्यक्तिले राष्ट्रपति म्याँक्रोलाई झापड हानेका थिए । सिएनएनका अनुसार उक्त घटना लगत्तै राष्ट्रपति म्याँक्रोको सुरक्षा टोलीले परिस्थितिलाई नियन्त्रणमा लिएको थियो । उक्त घटनामा संलग्न रहेको आरोपमा दुई व्यक्तिलाई पक्राउ गरिएक...

ट्रम्पको फेसबुक अकाउन्ट दुई वर्षलाई प्रतिबन्ध

ट्रम्पको फेसबुक अकाउन्ट  दुई वर्षलाई प्रतिबन्ध
सामाजिक सञ्जाल फेसबुक कम्पनीले अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पका सबै अकाउन्ट दुई वर्षका लागि प्रतिबन्ध गरेको छ । ७ जनवरी ०२१ देखि लागू हुने गरी पूर्वराष्ट्रपति ट्रम्पका सबै फेसबुक अकाउन्ट प्रतिबन्ध गरेको शुक्रबार विज्ञप्ति जारी गर्दै फेसबुकले जनाएको छ । अब ट्रम्पले ७ जनवरी ०२३ मा फेसबुक चलाउन पाउनेछन् । अकाउन्ट प्रतिबन्ध भएपछि ट्रम्पले सन् २०२४ को नोभेम्बरमा हुने निर्वाचनअघि मात्...

भियतनामी भेरिएन्ट हावाबाट पनि सर्न सक्ने

भियतनामी भेरिएन्ट हावाबाट पनि सर्न सक्ने
हनोई - भियतनाममा नयाँ प्रजातिको कोरोना भाइरस फेला परेको भियतनामी भीएन एक्सप्रेस नामक समाचार संस्थाले सरकारी अधिकारीलाई उद्धृत गरी आइतबार समाचार सम्प्रेषण गरेको छ। भियतनाममा विकसित भएको नयाँ प्रकारको कोरोना भाइरस बेलायती र भारतीय भेरिएन्ट मिलेर बनेको दावी गरिउको छ। यो नयाँ प्रजातिको भाइरस हावाबाट छिट्टै सर्नसक्ने अझ खतरनाक भाइरस भएको भियतनामी स्वास्थ्य अधिकारीले बताएका छन्। भियतनामका स्वा...