कोरोना संक्रमणको तेस्रो लहर आउनसक्छ सचेत रहौं : मन्त्रालय

कोरोना संक्रमणको तेस्रो लहर आउनसक्छ सचेत रहौं  : मन्त्रालय
काठमाडौं - कोरोना संक्रमण दोस्रो लहरपश्चात् तेस्रो र चौथो लहर ‘आउन सक्ने’ भन्दै तयारी अवस्थामा रहन सरकारले आग्रह गरेको छ । प्रथम र दोस्रो लहरले अत्यधिक मात्रामा प्रौढ तथा युवा संक्रमित भएकाले तेस्रो र चौथोमा बालबालिका बढी मात्रामा संक्रमित हुन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औंल्याएको छ । यसका लागि सबै अस्पताल स्वास्थ्य संस्थालाई स्वीकृत शøयाको कम्तीमा २० प्रतिशत कोभिड–१९ संक्रमित बाल...

आगलागी हुदा बुबाको किरिया बसेका दुई दम्पतीको मृत्यु

आगलागी हुदा बुबाको किरिया बसेका दुई दम्पतीको मृत्यु
संखुवासभा - संखुवासभाको मादी नगरपालिका–५ च्याङरिङमा आगलागीमा परेर किरियापुत्री बसेका दुई दम्पतीको मृत्यु भएको छ । गए राति आगलागीमा परेर किरियापुत्री बसेका ४७ वर्षीय राजेन्द्रबाबु दाहाल र ४४ वर्षीया कमला भण्डारी दाहालको मृत्यु भएको वडा नं ५ का वडाध्यक्ष नेत्रप्रसाद दाहाल जानकारी दिनुभयो । सात दिनअघि बित्नु भएका ८४ वर्षीय बुबा कृष्णप्रसाद दाहालको काजकिरियाका लागि बस्नुभएका दम्पतीको गए राति ...

छाक टार्न समस्या भयो ? ११८० मा सम्पर्क गर्नुस्

छाक टार्न समस्या भयो ? ११८० मा सम्पर्क गर्नुस्
काठमाडौं -काठमाडौं महानगरपालिकाले बन्दाबन्दीको समयमा कसैलाई छाक टार्न समस्या भए हटलाइन नम्बर ११८० मा फोन गर्न आग्रह गरेको छ । दोस्रो लहरको काभिड–१९ का कारण देशका अधिकांश जिल्लामा बन्दाबन्दी गरिएको छ । यस समयमा कसैलाई दैनिकी चलाउनका लागि खाद्य सामग्री आवश्यक परे महानगरपालिकाको हटलाइन नम्बरमा फोन गर्न भनिएको हो । अघिल्लो वर्षको कोरोना महामारीका समयमा विभिन्न सङ्घसंस्था र महानगर आफैँले पनि वडासँग...

खोप लगाएकाहरू भन्छन्, ‘बाच्ने आशा जाग्यो’

खोप लगाएकाहरू भन्छन्, ‘बाच्ने आशा जाग्यो’
धनगढी- कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको बेला सङ्क्रमणबाट बच्नका लागि एउटै मात्र भरपर्दो मानिएको कोरोनाविरुद्धको खोपको दुवै मात्रा लगाएकाहरू खुशी भएका छन् । सङ्क्रमणका कारण उच्च जोखिममा रहेको जिल्लामा कोरोनाविरुद्धको खोपको दोस्रो मात्रा लगाउन पाएपछि खोप लगाउनेहरूले बाँच्ने आशा बढेको भन्दै खुशी व्यक्त गरेका हुन् ।     भारतसँग सिमाना जोडिएको पश्चिम तराईको कैलाली जिल्लाका विभिन्न वस्तीमा नयाँ ...

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन

विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष उज्वल थापाको निधन
काठमाडौं - विवेकशील साझा पार्टीका पूर्व अध्यक्ष उज्जवल थापाको निधन भएको छ । कोभिड–१९ का कारण गम्भीर बनेका थापाको उपचारका क्रममा निधन भएको हो । मेडिसिटी अस्पतालको भेन्टिलेटरमा उपचाररत थापाको मंगलबार निधन भएको हो ।

चीनले सहयोग स्वरुप दिएको खोप नेपाल आइपुग्यो

चीनले सहयोग स्वरुप दिएको खोप नेपाल आइपुग्यो
काठमाडौं - चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको ८ लाख डोज खोप नेपाल आइपुगेको छ । खोप नेपाल वायु सेवा निगमको एअर बस ३३० जहाजमार्फत काठमाडौँ आइपुगेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीसँग अघिल्लो हप्ता भएको कुराकानीमा चीनका राष्ट्रपति सी जिनपिङले १० लाख डोज खोप अनुदानमा दिने घोषणा गरेका थिए । सोही प्रतिवद्धता अन्तर्गतको ८ लाख डोज खोप ल्याइएको छ भने बाँकी खोप तिब्बत सरक...

भियतनामी भेरिएन्ट हावाबाट पनि सर्न सक्ने

भियतनामी भेरिएन्ट हावाबाट पनि सर्न सक्ने
हनोई - भियतनाममा नयाँ प्रजातिको कोरोना भाइरस फेला परेको भियतनामी भीएन एक्सप्रेस नामक समाचार संस्थाले सरकारी अधिकारीलाई उद्धृत गरी आइतबार समाचार सम्प्रेषण गरेको छ। भियतनाममा विकसित भएको नयाँ प्रकारको कोरोना भाइरस बेलायती र भारतीय भेरिएन्ट मिलेर बनेको दावी गरिउको छ। यो नयाँ प्रजातिको भाइरस हावाबाट छिट्टै सर्नसक्ने अझ खतरनाक भाइरस भएको भियतनामी स्वास्थ्य अधिकारीले बताएका छन्। भियतनामका स्वा...

वैकल्पिक विधिबाट एसइई परीक्षा सञ्चालन गर्न सुझाव

वैकल्पिक विधिबाट एसइई परीक्षा सञ्चालन गर्न सुझाव
काठमाडौं - गत वर्षको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई)लाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न राष्ट्रिय परीक्षा बोर्डले सरकारको अनुमति मागेको छ। बोर्डले सोसम्बन्धी प्रतिवेदन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई बुझाएको छ। यही जेठ १३ गतेदेखि एसईई र जेठ २६ गतेदेखि कक्षा १२ को परीक्षा सञ्चालन गर्ने गरी तयारी गरेको बोर्डले कोरोना भाइरसको महामारी पुनः फैलिएसँगै अर्को सूचना जारी नभएसम्मक...

‘झ्यालबाट हाम फालेर बच्यौं’

‘झ्यालबाट हाम फालेर बच्यौं’
नेपालगन्ज - भेरी अस्पताल नेपालगन्जको कोभिड वार्डमा बिहीबार रात्रिकालीन ड्युटी सुरु भएको थियो। दाङको तुलसीपुर उपमहानगरपालिका–११ का ५२ वर्षका डिल्लीराज रावतको अवस्था गम्भीर थियो। ४ जेठदेखि भेरीमा उपचार गराइरहेका रावतको स्वास्थ्यमा सुधार आएको थिएन। स्टाफ नर्स अश्विनी गुरुङका अनुसार अक्सिजन लेबल २० देखि ३० सम्म पुगेको थियो। चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्न सुरु गरे पनि रावतलाई जोगाउन सकेन...

भेरीमा सङ्क्रमितको मृत्यु भएपछि डाक्टर र नर्समाथि नै आक्रमण

भेरीमा सङ्क्रमितको मृत्यु भएपछि डाक्टर र नर्समाथि नै आक्रमण
नेपालगञ्ज - नेपालगञ्जस्थित भेरी अस्पतालमा दाङका एक सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका छन् । गत जेठ ४ गते अस्पतालमा भर्ना हुनुभएका दाङका कोरोना सङ्क्रमित बिरामी अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गए राति करिब ८ बजे मृत्यु भएपछि स्वास्थ्यकर्मीको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तले आक्रमण गरेको भेरी अस्पताल विकास समितिक...