दीपा र सुबासको ‘तिमी मेरो’ सार्वजनिक

दीपा र सुबासको ‘तिमी मेरो’ सार्वजनिक
काठमाडौं – दीपा लामा र सुबास केप्छाके मगरको स्वरमा रहेको ‘तिमी मेरो’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो रोमियो फिल्मस् अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । रुद्र जीएम को शब्द,संगीत /एरेञ्ज रहेको छ भने मिक्सिङ रञ्जन राइले गरेका छन् । प्रकाश लिम्बूको निर्देशन रहेको भिडियोमा रोमियो पन्धाक लिम्बू , रेखा लिम्बू र जैसन पन्धाक लिम्बुको अभिनय रहेको छ । राम केसी र जएदोन ...

बेनी – जोमसोम – कोरला योजना : आठ वर्षमा ८० प्रतिशत भौतिक प्रगति

बेनी – जोमसोम – कोरला योजना : आठ वर्षमा ८० प्रतिशत भौतिक प्रगति
म्याग्दी - आठ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाको ८० प्रतिशत भौतिक प्रगति भएको छ । भारतीय सीमानामा रहेको त्रिवेणी र चीनको कोरला नाकालाई जोड्ने गण्डकी प्रदेशको ‘भाग्यरेखा’ मानिएको यो सडक पूर्वाधार, आर्थिक, व्यापारिक, जलविद्युत्, पर्यटन र धार्मिक विकासका लागि महत्वपूर्ण मानिएको छ । पर्वतको मालढुंगादेखि म्याग्दी हुँदै मुस्ताङको कोरला ...

मानिस मात्र होइन जनावरका लागि पनि धराप

मानिस मात्र होइन जनावरका लागि पनि धराप
अछाम - देशका विभिन्न खोला र नदीमा भएका जीर्ण तुइन र झोलुङ्गे पुल मानिसका लागि मात्र होइन जनावरका लागि पनि धराप बनेका छन् । कर्णाली नदीमा रहेको त्यस्तै झोलुङ्गे पुलको लट्ठा चुँडिँदा दुई खच्चड मरे । सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिका–९, कालेकाँडा र कर्णाली प्रदेशको दैलेखको आठबिस नगरपालिका–४ जोड्ने झोलुङ्गे पुलको लट्ठा आइतबार चुँडिँदा फसेका १३ मध्ये ११ खच्चडको भने जीवितै ...

नेपाली सेनाको एकीकृत स्वास्थ्य शिविरबाट ६६२ जना लाभान्वित

नेपाली सेनाको एकीकृत स्वास्थ्य शिविरबाट ६६२ जना लाभान्वित
म्याग्दी - म्याग्दीका मालिका गाउँपालिकाको केन्द्र दरवाङमा नेपाली सेनाको आयोजनामा भएको बृहत् एकीकृत स्वास्थ्य शिविरबाट ६६२ जना लाभान्वित भएका छन् । नेपाली सेनाको पश्चिम पृतना हेड क्वार्टरको आयोजनामा शनिबार भएको शिविरमा स्वास्थ्य कार्यालय म्याग्दी, कृषि ज्ञान केन्द्र, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, आयुर्वेद स्वास्थ्य केन्द्र, बेनी अस्पताल, मालिका गाउँपालिका, दरवाङ आधारभूत अस्पताल र...

गर्मी बढेपछि आइतबारदेखि वीरेन्द्रनगरका विद्यालय बन्द

गर्मी बढेपछि आइतबारदेखि वीरेन्द्रनगरका विद्यालय बन्द
कञ्चनपुर - गर्मी अत्यधिक बढेपछि कञ्चनपुरको वीरेन्द्रनगरभित्रका विद्यालय आइतबारदेखि बन्द हुने भएका छन् । अत्यधिक गर्मी बढेको भन्दै निजी विद्यालयको छाता सङ्गठन प्याब्सनले यही जेठ २० गते आइतबारदेखि एक हप्ताका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको हो । आज वीरेन्द्रनगरको तापक्रम करिब ४० डिग्री मापन भएको छ । गर्मीले बालबालिकाको स्वास्थ्यमा असर पर्नसक्ने भन्दै संस्थागत विद्यालय बन्द गर्ने निर्णय भएको ...

काठमाडौंमा तापक्रम बढ्ने, ३३ डिग्री सेल्सियस पुग्ने

काठमाडौंमा तापक्रम बढ्ने, ३३ डिग्री सेल्सियस पुग्ने
काठमाडौं - काठमाडौं उपत्यकाको तापक्रम बुधबारदेखि पुनः बढेको  जल तथा मौसम विज्ञान विभागले जनाएको छ । काठमाडौंमा गत मङ्गलबार २८ दशमलव पाँच डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो। बुधबार बढेर ३३ दशमलव तीन डिग्री सेल्सियस पुगेको थियो । आज यहाँको तापक्रम ३१देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ । हाल मुलुकमा स्थानीय वायु,  पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको ...

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत प्राप्त
काठमाडौं - प्रधानमन्त्री पुष्यपकमल दाहाल ‘प्रचण्ड’ ले विपक्षीको नाराबाजीबीच चौथो पटक विश्वासको मत पाएका छन् । आज (सोमबार) को प्रतिनिधि सभाको बैठकमा प्रचण्डले चौंथो पटक विश्वासको मत पाएका हुन् । कांग्रेस सांसदले सहकारी विषयमा छानबिन गर्न संसदीय छानबिन समिति गठन गर्न माग गर्दै विरोध गर्दै आएका छन् । प्रधानमन्त्रीको प्रस्तावमा तटस्थ मत १ परेको छ । संसद बैठकमा १५८ जना सांसदको उपस्थिति रहेको थियो । ...

गौशाला चोकका घरमा चल्यो महानगरको डोजर (भिडियो सहित)

गौशाला चोकका घरमा चल्यो महानगरको डोजर (भिडियो सहित)
काठमाडौं - काठमाडौं महानगरपालिकाले गौशाला चोकमा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरहरुमा डोजर लगाएर भत्काएको छ। आज (आइतबार) बिहानैदेखि गौशाला क्षेत्रमा अतिक्रमण गरी बनाइएका संरचनामा महानगरले डोजर लगाएर भत्काएको हो । महानगरपालिकाले यसअघि गौशाला चोकमा सडक अतिक्रमण गरेर बनाइएका घरहरु भत्काउन ३५ दिन अगाडि सूचित गरेको थियो। १५ दिनदेखि माइकिङ गरेर पनि घर भत्काउन भनेको थियो। तर घर धनीले आफैं नभत्काएपछ...

राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची

राष्ट्रिय सभाको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं - संघीय संसदअन्तर्गत् राष्ट्रिय सभाको बैठक आज (बिहीबार) बस्दैछ । संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ः१५ बजे बस्ने बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् सदस्यहरूको कार्यभार तोकिएको सम्बन्धी पत्रहरूको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ । त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति रामचन्द्र पौड...

दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ

दुई समूहबीच झडप हुँदा एकजनाको मृत्यु, चार पक्राउ
काठमाडौं -  काठमाडौंमहानगरपालिका–९ बत्तीसपुतलीस्थित कुमारी टोलमा दुई समूहबीच झडप (ग्याङ फाइट) हुँदा एक जनाको मृत्यु भएको छ । झडपमा मोरङका २४ वर्षीय शम्भु धिमालको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीले जानकारी दिए । उनले भने, ‘गए राति दुई समूहबीच झगडा हुँदा एक जनाको मृत्यु भएको छ, घटनामा संलग्न रहेको अभियोगमा चार जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।’ धिमालको...