‘गरीबको नाना, शनिबारको छाना’

‘गरीबको नाना, शनिबारको छाना’
मोरङ - गरीब तथा विपन्न परिवारलाई आवश्यक पर्ने लत्ताकपडा सहज रुपमा आपूर्ति हुने विराटनगरको महेन्द्रचोक ‘गरीबका लागि नाना, शनिबारको छाना’ भएको छ । प्रत्येक शनिबार बिहानैदेखि लाग्ने खुला हाटमा लत्ताकपडा खरीद गर्ने मानिसको अत्यधिक भीडले सुनसान सो ठाउँ अहिले गुल्जार भएको छ । अत्यधिक चहलपहल एवं भीडले गर्दा त्यस ठाउँमा पसल थाप्ने मानिस पनि अत्यन्त खुशी छन् । शनिबार एक दिन मात्र लाग्ने सो हाट पहिल...

नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप

नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप
ललितपुर - नख्खु कारागारका कैदीबन्दीलाई कोरोनाको खोप लगाउन शुरु गरिएको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा खगेश्वर गेलालले कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्यलाई ध्यानमा राखी दुई दिनभित्र कोभिड खोप दिइने बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारले तोकेको मापदण्डअनुसार हामीले जेलका कैदीबन्दी, कर्माचारी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र सरसफाइकर्मी सबैलाई आज पाँचबुथ राखेर दुई दिनभित्र खोप ल...

१० हजारलाई धनीपुर्जा वितरण गरिने

१० हजारलाई धनीपुर्जा वितरण गरिने
कनकाई - झापा कनकाईमा रहेका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित रुपमा वर्षौदेखि बसोबास गर्दै आएका १० हजार बढी नगरवासीलाई धनीपुर्जा वितरणको तयारी अन्तिम चरणमा पुगेको छ । जनप्रतिनिधिले स्थानीय तहको जिम्मेवारी सम्हालेसँगै धनीपुर्जा वितरणको कार्यलाई पहिलो प्राथमिकतामा राखेको बताउँदै स्थानीय सरकार प्रमुख राजेन्द्र पोखरेलले विभिन्न बाधा व्यवधानका बीच पनि आफूहरुले निर्वाचनमा गरेको प्रतिबद्धता पूरा...

बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना

बिहीबारदेखि वर्षा र हिमपातको सम्भावना
काठमाडौं - पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि आगामी शनिबारसम्म देशका अधिकांश स्थानमा मौसम बदली भई केही स्थानमा वर्षा र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर पाकिस्तान तथा आसपासको क्षेत्र नजीक रहेको पश्चिमी न्यून चापीय प्रणाली बिहीबारबाट नेपाल प्रवेश गर्ने र सो प्रणालीका कारण बिहीबार देशका पश्चिमी क्षेत्रमा आंशिकदेखि सामान्य बदली रही सुदूरपश्चिम प...

माघ २३ मा नेकपाको जनसभा ः तयारीमा जुटे जनसङ्गठन

माघ २३ मा नेकपाको जनसभा ः तयारीमा जुटे जनसङ्गठन
काठमाडौं - सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को वाग्मती प्रदेश कमिटीले यही माघ २३ गते काठमाडौँमा आयोजना गर्ने जनसभाको तयारीका लागि पार्टीका सबै जनसङ्गठन परिचालित भएका छन् । प्रतिनिधिसभा विघटन भई निर्वाचन घोषणा गरिएको नयाँ परिस्थितिमा राजनीतिक घटनाक्रमबारे सन्देश दिन काठमाडौँमा पहिलोपटक हुन लागेको सभा सफल बनाउन युवा, विद्यार्थी, किसान, महिला, बुद्धिजीवी, प्रेस, शिक्षक, अपाङ्गतालगायत पेश...

आलेख ः उत्तरगङ्गा जलाशययुक्त आयोजनाप्रति स्थानीयवासीको भरोसा बढ्दै

आलेख ः उत्तरगङ्गा जलाशययुक्त आयोजनाप्रति स्थानीयवासीको भरोसा बढ्दै
गलकोट - नेपालकै नमूना आयोजना रहेको उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजनाका कारण पटक–पटक निराश हुँदै आएका ढोरपाटन र निसीखोलाका जनतामा पुनः आश पलाएको छ । उत्तरगङ्गा जलाशययुक्त जलविद्युत् आयोजना ८२८ मेघावट विद्युत् उत्पादन गर्ने गरी अध्ययन अन्तिम चरणमा पुगेको छ । अहिले निसीखोलामा विद्युत् गृह निर्माण गर्ने स्थानको भौगोलिक अध्ययन भइरहँदा बागलुङका जनता आयोजना निर्माण हुनेमा आशावादी भएका छन् । पाँ...

अक्करे पहाडमा मोटर

अक्करे पहाडमा मोटर
बेनी - रघुगङ्गा गाउँपालिका–७ गौडामुनिका खप्रसाद विक घरदेखि गाउँपालिकाको केन्द्र मौवाफाँट हुँदै सदरमुकाम बेनीसम्म नै जीप चढेर आउनुभयो । पहिलोपटक घरदेखि सदरमुकामसम्मको सवारी गर्न पाउँदा ७६ वर्षका विकमा खुशी छायो । सदरमुकाम बेनीदेखि मौवाफाँट, दग्नाम हुँदै अजिङ्गर भिरमा पुगेर रोकिएको सडकको ट्र्याक निर्माणले करीब तीन वर्षको प्रयासपछि माघ पहिलो साता मात्रै पूर्णता पाएको हो । मानिस हिँड्नसमेत डर लाग्...

सात मतदानस्थल थप्न सिफारिस

सात मतदानस्थल थप्न सिफारिस
सिन्धुली - जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले, निर्वाचन आयोगसमक्ष सात मतदानस्थल थप्न सिफारिस गरेको छ । मतदान गर्न अपायक परेका क्षेत्रका मतदातालाई पायक पार्ने गरी मतदानस्थल थप गर्न सिफारिस गरिएको हो । कार्यालयका निर्वाचन अधिकारी खिलबहादुर दर्लामीले तीनपाटन गाउँपालिका–३ जोगे, ४ को सालुके र ९ को सिम्लेमा मतदानस्थल थप्न सिफारिश भएको हो । कमलामाई नगरपालिका–११ फालचुरी, १२ को टन्सार र कुण्डेश्वरीमा...

छाब्दी स्वास्थ्य केन्द्रलाई निःशुल्क जग्गादान

छाब्दी स्वास्थ्य केन्द्रलाई निःशुल्क जग्गादान
तनहुँ - व्यास नगरपालिका–१३ निवासी टेकबहादुर पन्थ र रामकृष्ण सेढार्इँले स्वास्थ्य भवन निर्माणका लागि आठ–आठ आना जग्गा निःशुल्क दान गर्नुभएको छ । आफूहरुले करीब रु १६ लाख बराबरको जग्गादान गरेको सेढाईँले बताउनुभयो । नगरपालिकाको रु १९ लाख आर्थिक सहयोगमा एक ढलानको भवन भने निर्माण गरिसकी सेवा प्रवाह गर्न थालिएको भवन निर्माण समितिका सदस्य गजेन्द्र पन्थले बताउनुभयो । चार वटै वडाका बासिन्दालाई केन्द्र प...

छ महिनामा ५१९ मुद्दा फैसला

छ महिनामा ५१९ मुद्दा फैसला
वाग्मती - मकवानपुर जिल्ला अदालत हेटौँडाले चालू आर्थिक वर्षको छ महिनामा ५१९ वटा मुद्दा पैmसला गरेको छ । गत आर्थिक वर्षबाट दायित्व सरेर आएको र चालू आर्थिक वर्षमा थपिएकामध्ये पुस मसान्तसम्म ५१९ मुद्दा फछ्र्यौट भएको अदालतका स्रेस्तेदार तीर्थराज भट्टराईले जानकारी दिनुभयो । गत आर्थिक वर्ष दर्ता भएका ९१४ मध्ये ५१९ मुद्दा फछ्र्यौट गरिएको हो । गत आवमा फछ्र्यौट हुन बाँकी ३९५ मुद्दाको दायित्व र चालू आवक...