एक वडाको मतगणनालाई ४० घण्टा

एक वडाको मतगणनालाई ४० घण्टा
काठमाडौं - काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको एउटा वडाको तीन हजार १०० मतगणना गर्न करिब ४० घण्टा लाग्ने भएको छ । वैशाख ३० गते शुक्रबार स्थानीय तहको निर्वाचन सकिएपछि त्यसै रात २ बजेदेखि नगरको १ नं वडाको मतगणना सुरु भएको थियो । शुक्रबार रातिदेखि गणना सुरु भएको १ नं वडाको मतगणना अझै सकिएको छैन । हालसम्म वडा नं १ को दुई हजार ४२४ मतगणना भएको नगर निर्वाचन अधिकृत शारदा राउतले राससलाई जानकारी दिनु...

संखुवासभाको चैनपुर १ मा एमाले बिजयी

संखुवासभाको चैनपुर १ मा एमाले बिजयी
संखुवासभा - संखुवासभाको चैनपुर १ ( नूनढाकी) मा नेकपा एमालेका उम्मेदवार बुद्धिमान लिम्बू बिजयी भएका छन् । उनले ५७७ मत ल्याएका छन् भने उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका उम्मेदवार सुदिप लिम्बूले ५२२ मत पाप्त गरे । यस्तै महिला सदस्यमा युव कुमारी गुरुङ, दलित महिला सदस्यमा बाटुली माया सुनार, र सदस्यमा कर्ण कुमार शेर्पाले जितेका छन् भने एक सदस्य कांग्रेसका निमा ओङदी शेर्पा बिजयी भएका...

समाजसेवी नर्स प्रतिमा सबै भन्दा बढी मत ल्याएर अगाडि बढ्दै जितको नजिक

समाजसेवी नर्स प्रतिमा सबै भन्दा बढी मत ल्याएर अगाडि बढ्दै जितको नजिक
गोसाइकुण्ड गाउपालिकामा नेकपा एमालेबाट उपप्रमुख उठेकी रसुवाकी सुपरिचित समाजसेवी अरु उम्मेदवार भन्दा निकै अगाडी देखिएकी छिन् । पालिकाको वडा नम्बर–१,२ र ३ को मतगणना सकि सकेका छन । हाल सम्म को परिणामले उनी अन्य प्रतिस्पर्धीभन्दा धेरै अघि देखिएकी छन् । गोसाइकुण्ड गाउँपालिकाको उप प्रमुख उम्मेदवारमा रसुवाको सुपरिचित समाजसेवी प्रतिमा लामा छानिएको छ । रसुवामा समाजसेवी को रूपमा लोकप्रिय बनेकी प्रतिम...

आमाछोदिङमो गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका प्यानल नै विजयी

आमाछोदिङमो गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका प्यानल नै विजयी
३१ वैशाख, रसुवा । रसुवाको आमाछोदिङमो गाउँपालिका वडा नम्बर १ मा नेकपा एमालेका प्यानल नै विजयी भएको छ । साङ लामा तामाङ २९० मतसहित वडा अध्यक्षमा विजयी भएका छन । उनको प्यानलका सबै सदस्य पनि विजयी भएका छन । निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका प्रकाश तामाङ २६७ मतसहित र उच्चील तामाङ २७२ मतसहित वडा सदस्यमा विजयी भएका छन । त्यस्तै महिला वडा सदस्यमा देशी रानी तामाङ २८२ मत र दलीय महिला सदस्यम...

जिल्ला सभापतिका उम्मेदवार जंग बहादुर लामाले गरेका योगदान

जिल्ला सभापतिका उम्मेदवार जंग बहादुर लामाले गरेका योगदान
सिन्धुपाल्चोक - सिन्धुपाल्चोक विभिन्न कारणवश स्थगित हुँदै आएको नेपाली काँग्रेसको जिल्ला अधिवेशनहरुमा सिन्धुपाल्चोकको पनि हुन बाँकी छ । यसैमा सर्वसहमतीका आधारमा अधिवेशनको मिति यहि फागुन २७ र २८ लाई तोकिसकेका छन् । काँग्रेसको सबै संयन्त्र आन्तरिक पार्टीको चुनावी माहोलमा होमिसकेको जिल्ला पार्टी श्रोतले जनाएका छन् । यस्तैमा १४ औं महाधिवेशनको नारा "अग्रजलाई सम्मान, युवालाई प्रोत्साहन" भने जस्...

युक्रेनमा रहेका नेपालीहरुको उद्धार गर्न अनेरास्ववियुको माग

युक्रेनमा रहेका नेपालीहरुको उद्धार गर्न अनेरास्ववियुको माग
काठमाडौं - एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले अध्ययन तथा अन्य कामको शिलशिलामा युक्रेन पुगेका नेपाली नागरिकहरुको उद्धार गर्न सरकार समक्ष माग गरेको छ । अध्यक्ष सुनिता बरालले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘युद्ध जस्तो गम्भीर संकटमा रहेको युक्रेनबाट विश्वका विभिन्न देशहरुले आफ्ना नागरिक फिर्ता लगिरहेको सन्दर्भमा नेपाली विद्यार्थी र विभिन्न प्रयोजनका लागि गएका करिब ८०० नागरिकलाई सुरक...

माओवादी केन्द्रले तोक्यो प्रदेश इञ्चार्ज

माओवादी केन्द्रले तोक्यो प्रदेश इञ्चार्ज
काठमाडौं - नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरु तोकेको छ । सोमबार सकिएको केन्द्रीय समिति बैठकले प्रदेश इन्चार्जको टुंगो लगाएको हो । जसअनुसार प्रदेश १ को इन्चार्ज राम कार्कीलाई बनाएको छ । यस्तै मधेस प्रदेशको इन्चार्ज गणेश शाह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डे, लुम्बिनीमा चक्रपाणि खनाल, कर्णालीमा कालीबहादुर मल्ल, सुदूरपश्चिममा खगराज भट्ट, सम्पर्क समन्वय प्रदेशमा डिलाराम आचार्य...

प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुन्छ – अध्यक्ष ओली

प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुन्छ – अध्यक्ष ओली
झापा - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रदेश नं १ को नाम कोसी राख्दा उपयुक्त हुने सुझाव दिनुभएको छ । प्रेस चौतारी नेपाल प्रदेश नं १ को विर्तामोडमा आयोजित प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले मानव सभ्यताभन्दा अघिदेखि नै कोसी नदीको उत्पत्ति भएका कारण प्रदेश नं १ को नाम ‘कोसी प्रदेश’ राख्दा उपयुक्त हुने सुझाव दिनुभएको हो । अध्यक्ष ओलीले भन्नुभयो, “कोसीले पुरानो सभ्यता र परम्परा बोकेका...

समयमा निर्वाचन गर्न उपाध्यक्ष नेम्वाङको आग्रह

समयमा निर्वाचन गर्न उपाध्यक्ष नेम्वाङको आग्रह
काठमाडौं - नेकपा (एमाले)का उपाध्यक्ष सुभासचन्द्र नेम्वाङले तोकिएको समयमा नै स्थानीय तहको निर्वाचन सम्पन्न गर्न माग गर्नुभएको छ । प्रेस चौतारी नेपालको बागमती, उपत्यका, प्रतिष्ठान र एसोसियट प्रदेशको आज आयोजित प्रथम संयुक्त अधिवेशनको उद्घाटन गर्दै उहाँले तोकिएको समय (वैशाख ३०) गते नै स्थानीय तहको निर्वाचन गर्न माग गर्नुभयो । उपाध्यक्ष नेम्वाङले निर्वाचनमा गएर राजनीतिक दललाई जनताले दूधको दूध र पान...

माओवादीको केन्द्रीय कमिटी बैठक आजदेखि

माओवादीको केन्द्रीय कमिटी बैठक आजदेखि
काठमाडाैं - सत्तारुढ नेकपा (माओवादी केन्द्र) काे केन्द्रीय कमिटी बैठक आजदेखि राजधानीमा सुरु हुँदैछ। माओवादी पार्टी कार्यालयका सचिव श्रीराम ढकालका अनुसार बैठक बिहान ११ बजेदेखि राष्ट्रिय सभागृहमा सुरु हुनेछ। ११ देखि १८ पुसमा सम्पन्न माओवादी केन्द्रकाे आठौं राष्ट्रिय महाधिवेशनले पदाधिकारी चयनकाे अधिकार केन्द्रीय कमिटीलाई दिएकाे थियाे। माओवादीले २४७ सदस्यीय केन्द्रीय कमिटी चयन गरिसकेकाे छ। अब क...