चार महिलाले थाले व्यावसायिक भैंसीपालन
यहाँका चार महिलाले सामूहिकरुपमा भैंँसीपालन व्यवसाय थाल्नुभएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका–४ बेलघारीका महिलाले सामूहिकरुपमा व्यावसायिक तवरले भैँसीपालन थाल्नुभएको हो । युवा तथा पुरुषले सामूहिकरुपमा व्यवसाय सञ्चालन गर्ने र महिलाले सहयोगी भएर काम गर्ने परम्परालाई तोड्दै यहाँका महिला सामूहिकरुपमा व्यवसाय उन्मुख भएका हुन् ।
गत कात्तिकमा ‘बौरेनी भैँसी तथा कृषि फर्म’ दर्ता गरी ०७६ पुस १३ गते...