विद्यार्थी र शिक्षकलाई खोप लगाउन आग्रह

विद्यार्थी र शिक्षकलाई खोप लगाउन आग्रह
सामुुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले सबै विद्यालयका विद्यार्थी, शिक्षक र कर्मचारीका लागि प्राथमिकताका साथ दोस्रो चरणमा खोप कार्यक्रमको प्रबन्ध गर्न आग्रह गरेको छ । महासङ्घका अध्यक्ष कृष्ण थापा र महासचिव गुणराज मोक्तानले आज जारी गर्नुभएको विज्ञप्तिमा लामो समयदेखि बन्द रहेका विद्यालय पुनः सञ्चालन हुन लागेकाले सम्पूर्ण विद्यार्थी, शिक्षक र कर्मचारीलाई खोपको कार्यक्रम मिलाउन आग्रह गरि...

माइनस १४ डिग्रीमा नियमित पठनपाठन

माइनस १४ डिग्रीमा नियमित पठनपाठन
उच्च हिमाली जिल्ला हुम्लाको हिमालपारिको गाउँ भनेर चिनिने नाम्खा गाउँपालिकाको लिमी गाउँमा माइनस १४ डिग्री तापक्रममा नियमित पठनपाठन भइरहेको छ । कोरोना कहरको समयमा समेत पठनपाठन बन्द नभएको लिमी गाउँका दुई विद्यालयमा अत्यधिक चिसो भए पनि पढाइ नरोकिएको छैन । नाम्खा गाउँपालिका–६ को लिमीका दुई विद्यालयमा अत्यधिक चिसोमा विद्यार्थी विद्यालय उपस्थित हुने गरेका छन् । विद्यालयमा घाम नलागेको दिन आगो बाल्ने व्यव...

कोरोनाबाट थप तीन नेपालीको निधन

कोरोनाबाट थप तीन नेपालीको निधन
कोरोना भाइरस सङ्क्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता बेलायतमा तीन जनाको सङ्क्रमणका कारण निधन भएको हो । यो सहित विदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुने नेपालीको सङ्ख्या ३३० जना पुगेको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सञ्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म ५० देशमा रहेका ५८ हजार ६९५ नेपालीमा कोरोना सङ्क्रमण देखिएको छ । त...

परासीमा सुविधासम्पन्न बसपार्कको निर्माण शुरु

परासीमा सुविधासम्पन्न बसपार्कको निर्माण शुरु
नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को सदरमुकाम परासीमा व्यवस्थितरूपमा यातायात व्यवस्थापनका लागि सुविधासम्पन्न बसपार्क निर्माण शुरु गरिएको छ । रामग्राम नगरपालिकाको पहल र प्रस्तावमा शहरी विकास मन्त्रालयको लगानीमा रामग्राम–४ केरवानीमा ‘रामग्राम बसपार्क’ निर्माण शुरु गरिएको हो । हाल सदरमुकाम क्षेत्रमा बसपार्क नहुँदा सडकमै अव्यवस्थितरूपमा सवारी साधन पार्किङ हुँदै आएको छ । परासीको मुख्य बजार बुद्धच...

मध्यपश्चिमाञ्चल विश्वविद्यालय र चाइनाथ्री गर्जेजबीच सम्झौता

मध्यपश्चिमाञ्चल  विश्वविद्यालय र चाइनाथ्री गर्जेजबीच सम्झौता
कर्णाली- मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेत, नेपाल र चाइनाथ्री गर्जेज विश्वविद्यालय, चीनबीच दुईपक्षीय सम्झौता भएको छ । दुवै विश्वविद्यालयबीच शैक्षिक सहकार्यका लागि यही माघ १६ गते सम्झौतापत्रमा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा मध्यपश्चिमाञ्चल विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा डा नन्दबहादुर सिंह र चाइनाथ्री गर्जेज विश्वविद्यालयका तर्फबाट प्राध्यापक ही वेइजुनले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभ...

प्रधानमन्त्री ओलीद्वारा पुल्चोक–गोन्द्राङ छ लेन सडक स्तरोन्नतिको शुभारम्भ

प्रधानमन्त्री ओलीद्वारा पुल्चोक–गोन्द्राङ छ लेन सडक स्तरोन्नतिको शुभारम्भ
चितवन- प्रधानमन्त्री केपी शर्मा ओलीले भरतपुरस्थित पुल्चोक–गोन्द्राङ छ लेन सडक स्तरोन्नति कार्यको शुभारम्भ गर्नुभएको छ । भरतपुर महानगरपालिका– १० स्थित विमानस्थल अगाडि आज प्रधानमन्त्री ओलीले सो कार्यको शुभारम्भ गर्नुभएको हो । उहाँले सोही स्थानमा निर्माण गरिएको शिलालेखको पनि अनावरण गर्नुभएको हो । सो अवसरमा सडक विभागका महानिर्देशक केशवकुमार शर्माले सडक आयोजनाका विषयमा विस्तृत जानकारी गराउनुभएको थि...

वाग्मतीमा फोहर फाल्ने तीन कम्पनी कारवाहीमा

वाग्मतीमा फोहर फाल्ने तीन कम्पनी कारवाहीमा
काठमाडौँ- वाग्मती सफाइ महाअभियानको ४०३औँ हप्तामा नदी किनारमा फोहर फाल्ने तीन कम्पनीलाई कारवाही गरिएको छ । तीनकुनेस्थित नदी किनारमा सफाइका क्रममा काठमाडौँ महानगरपालिकाले नदी किनारमा फोहर फालेका गरिमा वर्कशप तीनकुनेलाई रु दुई हजार, विनोद पानपसल आलोकनगरलाई रु एक हजार र बानेश्वर क्याफे आलोकनगरलाई रु ५०० जरिवाना गरिएको अभियानकर्मी गोविन्द काफ्लले राससलाई जानकारी दिनुभयो । गरिमा वर्कशपलाई यसअघि पनि नद...

पञ्चेबाजा संरक्षणका लागि वडाद्वारा बाजा हस्तान्तरण

पञ्चेबाजा संरक्षणका लागि वडाद्वारा बाजा हस्तान्तरण
वालिङ- लोपोन्मुख अवस्थामा रहेको पञ्चेबाजा संरक्षणमा ध्यान दिँदै वडाले बाजा हस्तान्तरण गरेको छ । स्याङ्जाको वालिङ नगरपालिका वडा नं ७ ले विवाह, ब्रतबन्ध तथा अन्य शुभकार्यमा बजाइने लोपोन्मुख पञ्चेबाजा संरक्षण कार्यक्रमअन्तर्गत गह्रौँकालिका पञ्चेबाजा समूह पैदीलाई १० थान बाजा हस्तान्तरण गरेको हो । आफूहरुले बजाउँदै आएको बाजा पुरानो तथा बाजा अपुग भई समस्या भइरहेका बेला वडा कार्यालयले बाजा संरक्षणका ल...

‘नो केन’ले सुनसान चिनी उद्योग

‘नो केन’ले सुनसान चिनी उद्योग
महोत्तरी- माघ महिना उखु किसान र चिनी उद्योग दुवैका लागि अति व्यस्त समय मानिन्छ । उखु कटान र क्रसिङ (पेल्ने काम) ले भ्याइनभ्याइ हुनुपर्ने अहिले किसान र उद्योग दुवै क्षेत्र सुनसान जस्तै बनेका छन् । क्रमशः उखुखेती छाड्दै गएका किसान र ‘नो केन’ (उखु अभाव) ले चिनी उद्योग क्षेत्र सुनसान जस्तै बनेको हो । चिनी उद्योगमा चाहिँदो मात्राको उखु नपुग्नुलाई ‘नो केन’ भन्ने गरिन्छ । गौशाला नगरपालिका–१ स्थित एभर...

ढुक्क भएर ‘कोभिशिल्ड’ खोप लगाउन अनुरोध

ढुक्क भएर ‘कोभिशिल्ड’ खोप लगाउन अनुरोध
काठमाडौँ- कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा सामान्य असर देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएपछि व्यक्तिमा खोपले सामान्य असर देखिएको जानकारी दिनुभयो । उहाँका अनुसार ती व्यक्तिमा देखिएको असर केही समयपश्चात् आफँै हराएर जाने गरेको बताउनुभयो । खोप लगाएको ठाउँ रातो हुने, सुन्निेने, चिलाउने, टाउको दुख्ने, जस्ता सामान्य असर देखिएको छ । “आज...