गर्भपतन गराउने महिलाको संख्या बढ्दै, स्वास्थ्यमा समस्या
डोटी - पछिल्लो समय गर्भपतन गराउने महिलाको संख्या बढ्दै गएको छ। जथाभावीरूपमा महिलाले गर्भपतन सेवा लिने गरेका कारण उनीहरुको स्वास्थ्यमा समेत समस्या देखिने गरेको पाइएको छ।
जिल्ला स्वास्थ्य कार्यालय डोटीका अनुसार चालु आर्थिक वर्ष २०७७÷७८ को जेठ मसान्तसम्म जिल्लामा कम्तीमा पनि ९९४ महिलाले गर्भपतन गराएका छन्। गत आर्थिक वर्षामा एक हजार ३१ महिलाले सुरक्षित गर्भपतन गराएका थिए।
गर्भपतन सेवा कु...