यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय सरदर स्थानको उत्तर तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको केही स्थानहरूमा साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बदली रहने छ। सबै प्रदेशका...

‘गाउँको शीरमा भिर छ, कतिबेला खस्ने हो पीर छ’

‘गाउँको शीरमा भिर छ, कतिबेला खस्ने हो पीर छ’
नवलपरासी - बर्दघाट सुस्तापूर्वको हुप्सेकोट गाउँपालिका–५ राम्चेमा बस्दै आएका ८० वर्षीय जयबहादुर चितौरेलाई पछिल्लो समय पहिरोले गाउँ नै लैजाने हो कि भन्ने चिन्ताले सताउने गरेको छ । बाजेको पालादेखि राम्चेगाउँमा बस्दै आएका उनलाई बर्सेनि पहिरोले बस्ती क्षेत्रको जमिन कटान गर्दै लगेकाले कुनै दिन गाउँ नै पहिरोले निल्ने हो कि भन्ने त्रासले रात कटाउन मुस्किल पर्ने गरेको छ । ‘गाउँको शीरमा भिर छ । त्यही भिर...

कक्षा १२ को नतिजा सार्वजनिक

कक्षा १२ को नतिजा सार्वजनिक
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत वैशाख १४ गतेबाट सञ्चालित २०८० सालको कक्षा १२ को परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी थिए । नियमिततर्फ एक लाख ९६ हजार नौ सय १४ छात्रा र एक लाख ९३ हजार नौ सय ३३ छात्र गरी तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थ...

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो
काठमाडौं -आज नेपाली बजारमा सुनको मूल्य बढेको छ। शुक्रबार सुन तोलाको ५ सयले बढेर एक लाख ४९ हजार ९ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। यस अघि बिहीबार सुनको मूल्य तोलाको १ लाख ४९ हजार ४ सय रहेको थियो। त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ। चाँदी आज प्रतितोला ५ रुपियाँले घटेर तोलाको १९७५ मा कारोबार भइरहेको महासंघले जनाएको छ।

रास्वपाको दुईदिने बन्द कार्यशाला जारी

रास्वपाको दुईदिने बन्द कार्यशाला जारी
काठमाडौं  -  पार्टी पदाधिकारीको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को दुईदिने बन्द कार्यशाला केन्द्रीय कार्यालयमा सुरु भएको छ । “कार्यशालामा विचार, सङ्गठन, राजनीतिक मूल्य–मान्यता, संसदीय मामिला, ‘लिडरसीप एकेडेमी’ र ‘क्यान्डिडेट क्लब’ तथा पार्टी अभियानबारे गहन छलफल हुँदैछ”, कार्यवाहक प्रवक्ता मनिष  झाले भन्नुभयो । यही साउन १० गतेको केन्द्रीय समिति बैठकले पार...

सामुहिक बलात्कारको आरोपमा तीन विद्यार्थी पक्राउ

सामुहिक बलात्कारको आरोपमा तीन विद्यार्थी पक्राउ
चितवन - चितवनको माडी नगरपालिकामा एक मानसिक समस्या भएकी महिलालाई बलात्कार गरेको आरोपमा तीन विद्यार्थी समातिएका छन् । माडी नगरपालिका– ७ किर्तनपुर नजिकै एक २७ वर्षीया महिलालाई सामुहिक बलात्कार गरेको आरोपमा तीन विद्यार्थीहरुलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय माडीका प्रमुख केदारमान दोङले जानकारी दिए । पक्राउ परेका विद्यार्थीहरु चितवन बाहिरका जिल्लाबाट पढ्न माडी आएर बसेका १७, १८...

कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी

कक्षा १२ को नतिजा आज सार्वजनिक गर्ने तयारी
काठमाडौं - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा शुक्रबार सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका एक सदस्यका अनुसार नतिजा प्रकाशनको लागि अहिले बिहान १० बजे बोर्ड बैठक बोलाइएको छ । १० बजे बस्ने बोर्ड बैठकले ‘आजै नतिजा सार्वजनिक गर्ने’ निर्णय गरेपछि मात्रै नतिजा प्रकाशन हुने भएको छ । बोर्डले प्राविधिक त्रुटी वा केही भइपरी नआएमा आजै नतिजा प्रकाशन गर्ने तयारी गरेको छ । गत वैशाख १४ गतेब...

मञ्जली बस्यालको ‘झिलझिल सितारा’

मञ्जली बस्यालको ‘झिलझिल सितारा’
काठमाडौं - मन्जली बस्याल, विशाल रायमाझी ,सिमा नेपाली,रमेस सुनारको स्वरमा रहेको ‘ झिलझिल सितारा’ बोलको गीत सार्वजनिक भएको छ । भिडियो मञ्जली बस्याल अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो । लाइभदोहोरीमा अब्बल मानिने मञ्जली लोक साङ्गीतिक यात्रामा बिगत आठ वर्ष देखी औपचारिक गायन शुरुवात गरेका हुन् । भिरकोट नगरपालिका स्याङ्जामा जन्मिनुभएकी मन्जली बश्यालको पहिलो गीति एल्बम ःतीज गीति सङ्ग्रह ब...

बिरामी लिएर उडेको हेलिकोप्टर खेतमा आकस्मिक अवतरण

बिरामी लिएर उडेको हेलिकोप्टर खेतमा आकस्मिक अवतरण
सुर्खेत - डोल्पाबाट बिरामी बोकेर उडेको एक हेलिकप्टर आकस्मिक रुपमा धान खेतमै अवतरण गरेको छ । केही बेरअघि डोल्पाबाट आएको एउटा हेलिकप्टर सुर्खेतको भेरीगङ्गा नगरपालिका–१३, रामघाटस्थित खेतमै अवतरण गरेको हो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वीरेन्द्रवीर विश्वकर्माले हेलिकप्टोर सुरक्षित रहेको र बिरामीलाई त्यहाँबाट एम्बुलेन्समार्फत अस्पतालतिर पठाइएको बताएका छन् ।  

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं -  नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। बुधबार सुन तोलाको १८ सयले बढेर एक लाख ४७ हजार ८ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि मंगलबार सुनको मुल्य तोलाको १ लाख ४६ हजार रहेको थियो।  त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४७ हजार एक सयमा खरिदबिक्री भइरहेको  छ। त्यस्तै चाँदी आज प्रतितोला ४० रुपियाँले बढेर तोलाको १७८० मा कारोबार भइरहेको छ।