निर्मल फियाक लिम्बुलाई १ लाख ३२ हजार आर्थिक सहयोग
अत्यन्त नाजुक आर्थिक स्थिति भएका दुवै मृगौलापिडित झापा जिल्ला कमल गाउँपालिका वडा नं. ३ निवासी निर्मल फियाक लिम्बुलाई दक्षिण कोरिया र बेलायतबाट नेपाली रुपैया १ लाख ३२ हजार आर्थिक सहयोग प्राप्त भएको छ ।
फियाक सङ्जोङ दक्षिण कोरियाको संयोजकत्वमा संकलित रु १ लाख १२ हजार र फुङ्लिङ–३, ताप्लेजुङ स्थायी ठेगाना भई हाल बेलायत निवासी राजु बरालबाट प्राप्त रु २० हजार गरि जम्मा रु १ लाख ३२ हजार आज एक कार्यक्रम...