बगरमा डोजर चलाएपछि माझी समुदाय बिचल्लीमा
काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ डुम्रे वरको बोटका मिश्रा माझी आजभोलि घर तलको बगरमा जाने र आफ्नो कमाई खाने बगरमा कुनै पनि मेशिन चलाउँन पाइँदैन भन्दै बिलौना गरी बस्ने गर्नुुभएको छ । वर्षौंदेखि सोही बगरमा सावेल, कोदालो र पिक चलाएर बालुवा चाल्दै त्यसबाट आएको पैसाले उहाँको पाँच जनाको परिवारको जीविकोपार्जन हुँदै आएको छ ।
कमाई खाने खेतबारी नै नभएको उहाँको परिवारको दैनिकी नै बिहानदेखि बेलुकासम्म ...