सामूहिक निर्वासनका लागि सेना प्रयोग गर्ने ट्रम्पको घोषणा

सामूहिक निर्वासनका लागि सेना प्रयोग गर्ने ट्रम्पको घोषणा
काठमाडौं - अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले सीमा सुरक्षामा राष्ट्रिय आपतकाल घोषणा गर्ने र कागजातविहीन आप्रवासीलाई सामूहिक देश निकाला गर्न अमेरिकी सेनाको प्रयोग गर्ने योजना बनाएको सोमबार बताएका छन् । राष्ट्रपति जो बाइडनको प्रशासन कालमा गैरकानुनी रूपमा आप्रवासीको संख्या बढेपछि ट्रम्पले कागजातविहीन लाखौं आप्रवासीलाई देश निकाला गर्ने र मेक्सिकोसँगको सीमालाई व्यवस्थित बनाउने बताएका...

कीर्तिपुरको मेयरमा माओवादी केन्द्रबाट शिवशरण महर्जनको उम्मेदवारी दर्ता

कीर्तिपुरको मेयरमा माओवादी केन्द्रबाट शिवशरण महर्जनको उम्मेदवारी दर्ता
काठमाडौं - नेकपा माओवादी केन्द्रले कीर्तिपुर नगरपालिकाको मेयर पदमा प्रा.डा.शिवशरण महर्जनको उम्मेदवारी दर्ता गराएको छ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि माओवादी केन्द्रबाट महर्जनले आज उम्मेदवारी दर्ता गराएका हुन् । माओवादीले कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ को अध्यक्षमा नारायण विष्टको उम्मेदवारी दर्ता गराएको छ। वडा नम्बर १ मा भने जसपाका सरल गोपाल महर्जनलाई समर्थन गरेको छ । कीर्...

कीर्तिपुरको मेयरमा एमालेका डा. सुरेन्द्र मानन्धरको उम्मेदवारी

कीर्तिपुरको मेयरमा एमालेका डा. सुरेन्द्र मानन्धरको उम्मेदवारी
काठमाडौं - कीर्तिपुर नगरपालिकाको मेयर पदमा सत्तारुढ नेकपा एमालेबाट डा. सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गरेका छन् । आउँदो मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मानन्धरले उम्मेदवारी दर्ता गराएका हुन् । एमालेबाट कीर्तिपुर नगरपालिका–१ र ४ को अध्यक्षमा पनि उम्मेदवारी दर्ता भएको छ । वडा नम्बर १ मा हर्ष महर्जन र वडा नम्बर ४ मा बद्री बुढाथोकीले उम्मेदवारी दर्ता गराएका छन् । कीर्तिप...

भोलिदेखि निर्वाचन आचारसंहिता लागु हुने, क–कसलाई लाग्छ ?

भोलिदेखि निर्वाचन आचारसंहिता लागु हुने, क–कसलाई लाग्छ ?
काठमाडौं  - आसन्न स्थानीय तह उपनिर्वाचनका लागि भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ। निर्वाचन आयोगको आजको बैठकले आइतबारदेखि उपनिर्वाचन हुने सम्बन्धित जिल्लाभित्र सार्वजनिक पद धारण गरेका व्यक्ति, निकाय तथा अधिकारीलाई निर्वाचन सम्पन्न नभएसम्म आचारसंहिता लागू गर्ने निर्णय भएको आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिए । आयोगका अनुसार नेपाल सरकार र मन्त्री, प्रदेश सरका...

उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता

उपनिर्वाचनका लागि आइतबार उम्मेदवारी दर्ता
काठमाडौं  - यही मङ्सिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आइतबार मनोनयन पत्र दर्ता हुँदैछ । बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालले जानकारी दिनुभयो । सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको सूची प्रकाशन हुनेछ । उम्मेदवारको मनोनय दर्ताको सम्पूर्ण...

अनलाइनमा बालयौन दुर्व्यवहारको सामग्री प्रसारण गरेको अभियोगमा पक्राउ

अनलाइनमा बालयौन दुर्व्यवहारको सामग्री प्रसारण गरेको अभियोगमा पक्राउ
काठमाडौं - नेपाल प्रहरी केन्द्रीय साइबर ब्यूरो काठमाडौंले अनलाइनमा बालयौन दुर्व्यवहारको सामग्री प्रसारण गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम) प्रतापुर गाउँपालिका–७ का २४ वर्षीय अमनप्रताप हरिजन रहेका केन्द्रीय साइबर ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दीपकराज अवस्थीले जानकारी दिए । उनले भने, “बालयौन दुर्व्यवहारको सामग्री तयार पारी विद्युतीय...

महानगरले गौशाला क्षेत्रमा चलायो डोजर

महानगरले गौशाला क्षेत्रमा चलायो डोजर
काठमाडौं - काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाएको छ । आज महानगर प्रहरीको टोलीले गौशाला प्रहरी बिट अगाडिका चार–पाँच वटा घरमा डोजर चलाइसकेको महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए । चक्रपथ विस्तारको जग्गा अतिक्रमण गरी बसेका स्थानीयको घरमा डोजर चलाइएको उनले जानकारी दिएका छन् । अहिले अतिक्रमित चार–पाँच वटा घरहरूमा डोजर चलाएको जानकारी दिंदै उनले भने, ‘अझै ...

वृद्धवृद्धालाई दसैं भत्ता लिनै सास्ती

वृद्धवृद्धालाई दसैं भत्ता लिनै सास्ती
चितवन - वृद्धभत्ता रकम लिन माछापुच्छ्रे बैक कुरिनटारमा आइतबार बिहानै आइपुगेकी चितवन इच्छाकामना गाउँपालिका–१ हात्तीवाङकी सन्चरीमाया चेपाङले दिउँसो भत्ता वापतको रकम प्राप्त गरिन् । भत्ता रकम लिन चार घण्टा बढी लाइनमा बस्नुपरेको उनको गुनासो छ । घण्टौं लाइनमा बसेर भत्ता रकम हातमा पर्दा जति खुसी भइन्, त्यत्ति नै थकित पनि देखिन्थिन् । सञ्चरीमाया मात्र होइन इच्छाकामना –३ धुषाकी छोटीमाया चेपाङले पनि चार घण...

सप्तकोशीमा ‘जेटबोट’ पुनः सञ्चालनमा

सप्तकोशीमा ‘जेटबोट’ पुनः सञ्चालनमा
सुनसरी - सुनसरीको चतरास्थित सप्तकोशी नदीमा जेटबोट पुनः सञ्चालनमा ल्याइएको छ । नदीमा जलसतह र बहाव घट्दै गएपछि आजदेखि पुनः सञ्चालन सुरु गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । केही समय अगाडि वर्षाका कारण जल सतह उच्च भएसँगै असुरक्षा हुने भएकाले सेवा बन्द गरिएको थियो । उनले भने, ‘चाडवाडको समयमा यात्रुहरु आवतजावत सहज बनाउने उद्देश्यले तत्कालका लागि सेवा सुरु गरिएको हो।’ हाल स...

बेपत्ता व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराउने

बेपत्ता व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराउने
काठमाडौं विपद् व्यवस्थापन कार्यकारिणी समितिले मनसुनजन्य विपदबाट बेपत्ता भएका व्यक्तिका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको छ । सोमबार सिंहदरबारमा बसेको समितिको बैठकले सो निर्णय गरेको हो । बैठकले बेपत्ता भएको १० दिनसम्म पनि फेला नपरे मृतकसरह नै राहत रकम परिवारलाई उपलब्ध गराउने निर्णय भएको सहसचिव एवम् गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले बताउनुभयो । उहाँले समितिले खोज, उद्धार र र...