गाईजात्रा महोत्सव भोलि प्रज्ञा भवनमा

गाईजात्रा महोत्सव भोलि प्रज्ञा भवनमा
काठमाडौं  - यस वर्षको गाईजात्राका अवसरमा ब्राण्डवर्थ प्रालिले यही भदौ १३ गतेदेखि १८ गतेसम्म गाईजात्रा महोत्सव गर्ने भएको छ । ‘२०८० सालको गाईजात्रा’ नाम दिइएको उक्त कार्यक्रममा नेपालको प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने र महोत्सवमा हाँस्यव्याङ्ग्य कलाकारको प्रस्तुति रहने कलाकार मनोज गजुरेलले जानकारी दिनुभयो । गाईजात्रामा मनोज गजुरेल, शैलेन्द्र सिम्खडा, टीका भण्डारी, सुबोध गौतम, मेक्सम गौडेल, सुन्द...

शान्ता जीसी र प्रेम सापकोटाको ‘गोप्य कुरा’

शान्ता जीसी र प्रेम सापकोटाको ‘गोप्य कुरा’
काठमाडौं - शान्ता जीसी र प्रेम सापकोटाको आवाजमा ‘गोप्य कुरा’ बोलको तीज गीत सार्वजनिक भएको छ । गायिका शान्ता जि।सी आधुनिक लोकपप लोक तथा दोहोरी राम्रो गाउने गायिका मध्ये पर्दछिन, उनको आवाजमा यस भन्दा अघि आधुनिक गीत ‘न रविले देख्न सक्छ’ र तीज गीत ‘घरबारी लगायत अन्य गीतहरु बजारमा आएर चर्चा कमाई सकेका छन भने, अहिले तीजलाई मध्यनजर गर्दै उनको र गायक प्रेम सापकोटाको आवाजमा नयाँ छम छम नाच्ने तीज गीत ‘गो...

अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र

अन्तर्राष्ट्रिय बजारमा नेपाली चलचित्र
काठमाडौं - पछिल्लो समय नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेका छन् । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्रको बजार विस्तार हुनुका साथै मुनाफा कमाउन थालेका हुन् । पछिल्लो समय प्रविधिको विकास भएसँगै नेपालमा प्रदर्शन भएकै दिन उक्त चलचित्रले विदेशमासमेत प्रदर्शनको अवसर पाउन थाले...

गायनमा सिम्रनको चर्चा

गायनमा सिम्रनको चर्चा
गलकोट (बागलुङ) - गीतसङ्गीत क्षेत्रमा हालैमात्र एकाएक चर्चामा आएको नाम हो सिम्रन परियार । १८ वर्षीया गायिका परियारले एक हप्तामै १४ गीत मात्रै रेकर्ड गराइनन्, अधिकांश गीतले चर्चा कमाएको छ । मुटुमै घाउ छ...’, ‘ए साइँला परेली भित्र’, ‘पानी परेको’ गीत चर्चामा छन् । विद्यामन्दिर माध्यमिक विद्यालयमा कक्षा १२ मा विज्ञान विषयमा अध्ययनरत बागलुङ नगरपालिका–६ तिनतलेकी परियारको स्वरले यतिबेला सबैको ध्यान तान...

नारायण रायमाझी साङ्गीतिक साँझ आयोजना हुने

नारायण रायमाझी साङ्गीतिक साँझ आयोजना हुने
काठमाडौं - वरिष्ठ लोकगायक, सङ्गीतकार तथा चलचित्र निर्देशक नारायण रायमाझीका आफ्ना गीत प्रत्यक्ष रुपमा प्रस्तुत गर्नका लागि ‘नारायण रायमाझी साङ्गीतिक साँझ’ आयोजना हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको आयोजनामा यही भदौ १५ गते साङ्गीतिक साँझ आयोजना हुने भएको हो । प्रतिष्ठानले साङ्गीतिक साँझको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो । प्रतिष्ठानका अध्यक्ष रीता थापामगरले स्र...

मेरो भ्वाइस र डान्स युनिभर्सको प्रतिस्पर्धा भोलिः कसले जित्ला एक करोड पुरस्कार ?

मेरो भ्वाइस र डान्स युनिभर्सको प्रतिस्पर्धा भोलिः कसले जित्ला एक करोड पुरस्कार ?
काठमाडौँ, १ भदौ - नेपालमा अहिलेसम्मकै सर्वाधिक धनराशिको पुरस्कार राखिएको गायन प्रतियोगिता ‘मेरो भ्वाइस युनिर्भस’ र नृत्यतर्फको ‘मेरो डान्स युनिर्भस’ को अन्तिम प्रतिस्पर्धा भोलि शनिबार हुने भएको छ । यी दुई प्रतियोगिताका अन्तिम पाँच–पाँच प्रतियोगीले विजेता बन्न शनिबार प्रतिस्पर्धा गर्दैछन् । इन्ट्रा नेपाल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले सञ्चालन गरिरहेको दुवै प्रतियोगिताका विजेताले जनही...

‘घर ज्वाइँ’ मा दया र मिरुनाको जोडी

‘घर ज्वाइँ’ मा दया र मिरुनाको जोडी
काठमाडौं - यो वर्षको पहिलो दिन प्रदर्शनमा भएको चलचित्र ‘जारी’ को सफलतापछि अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगरको जोडीलाई अभिनय गराउने क्रम बढेको छ । उहाँ दुईले ‘नाङ्गो गाउँ’ र ‘रङ्गेली ग्याङस्टर’ पश्चात ‘घर ज्वाईँ’ मा अभिनय गर्ने तय भएको छ । दर्शक माँझ लोकप्रिय रहेकै कारण दुवैलाई कलाकारको रुपमा अनुबन्धित गरिएको निर्माता जनक घर्तीमगरले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चलचित्रमा हामीले...

टोरन्टोमा छानियो ‘गाउँ आएको बाटो’

टोरन्टोमा छानियो ‘गाउँ आएको बाटो’
काठमाडौं- नेपाली चलचित्र ‘गाउँ आएको बाटो’ टोरन्टो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको ४८औँ संस्करणमा छनोट भएको छ । निर्माण टोलीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै छनोटबारे जानकारी दिएको हो । टोरन्टोको यो संस्करण सेप्टेम्बर ७ देखि १७ तारिखसम्म चल्ने छ । नवीन सुब्बाले निर्देशन गर्नुभएको उक्त चलचित्रमा राई जातिको सामाजिक पृष्ठभूमिमा तयार भएको छ भने गाउँमा सडक आएपछि बाबुछोराको सम्बन्धमा आउने उतारचढ...

काठमाडौँको कथामा चलचित्र ‘महानगर’

काठमाडौँको कथामा चलचित्र ‘महानगर’
काठमाडौँ, २५ साउन - नेपालसँगै विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी भइसकेको चलचित्र ‘महानगर’ (वान नाइट इन काठमाडौँ) को दृश्यसहितको प्रचार सामग्री (ट्रेलर) सार्वजनिक गरिएको छ । चलचित्रका मुख्य कलाकार अभिनेता कार्म र अभिनेत्री मेनुका प्रधान वरिपरि घुमेको ट्रेलरले महानगरको सपना र यथार्थलाई दुई चरित्रमार्फत प्रस्तुत गर्ने प्रयास गरेको छ । सानो घटनाका कारणसँगै भएका दुई चरित्रको जीवनमा एक ...

‘कता हिड्यौ साईली’ सार्वजनिक

‘कता हिड्यौ साईली’ सार्वजनिक
काठमाडौं - मिना लामा,श्रीदेवी देवकोटा,चन्द्र शर्मा र अमृत खातीको स्वरमा रहेको तीज गीत ‘कता हिड्यौ साईली’ सार्वजनिक भएको छ। बिक्रमबाबु बिश्वकर्माको शब्द रचना र खेम सेन्चुरीको संगीत रहेको छ। बिक्रम चौहानले निर्देशन गरेको भिडियोलाई राम केसीले छायांकन गरेका छन् भने लक्ष्मण चौहानले सम्पादन गरेका हुन् । भिडियोमा टिका जैसी,आयुष्मा कार्की,जोहन बम र सरिता दानकुटीको अभिनय रहेको छ । भिडियो.... ...