च्याम्पियन्स लिगमा रियललाई पीएसजीको झट्का
काठमाडौं - च्याम्पियन्स लिग फुटबलमा स्पेनिस महारथि रियल म्याड्रिडलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को झट्का लागेको छ । लिग अन्तर्गत मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगमा पीएसजीले रियललाई १–० गोलले हरायो ।
प्रतिस्पर्धात्मक खेलमा पीएसजीलाई जिताउन केलियन एमबाप्पेले दोस्रो हाफको इन्जुरी समयमा निर्णायक गोल गर्नुभयो । यसअघि ६२औँ मिनेटमा लियोनल मेस्सीले पेनाल्टी मिस गर्दा पीएसजी दबाबम...