काठमाडौं – काठमाडौंको बल्खु पुलमुनी एक जना पुरूषको शव फेला परेको छ । आज बिहान अन्दाजी ७ः२७ बजे काठमाडौंको बल्खुस्थित पुलमुनी एक जनाको शव फेला परेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं एसएसपी दिनेशराज मैनालीले जानकारी दिए ।
मृतक सुकुम्बासीमा बस्ने पुरूष रहेको खुलेको छ । बाँके घर भई सुकुम्बासी बस्तीमा बस्ने ४५ वर्षीय राम सरूप महतोको शव अड्किएको अवस्थामा फेला परेको एसएसपी मैनालीले जानकारी दिए ।
उक्त शव प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले निकालेको छ । मृतकका आफन्त पनि प्रहरीको सम्पर्कमा आइसकेका छन् ।