अविन लिम्बू
काठमाडौं – ईजरायलका लागि नेपालकी राजदूत डा. अन्जान शाक्यले नेपालमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि पठाएको आवश्यक स्वास्थ्य सामग्री तथा उपकरणहरु नेपाल आइपुगेको छ ।
आज विहिवार विहान ११ः १० बजे नेपाल एअरलाईन्सको चार्टड फ्लाईटबाट उक्त सामग्रीहरु काठमाडौं आईपुगेको हो । उक्त स्वास्थय सामग्रीहरु इजरायल सरकार, इजरायलमा रहेका स्वास्थ्य संस्थाहरु, व्यवसायिक क्षेत्र, इजरायलीहरु, नेपालीदूतावास परिवार र इजरायलमा रहेका नेपालीहरुबाट सहयोग स्वरुप दिएका हुन् ।
राजदूत डा. शाक्यका अनुसार सामग्रीहरुमा ५८ थान भेन्टिलेटर, १ सय २० थान अक्सिजन कन्सन्ट्रेटर, आइसीयुसँग सम्बन्धित उपकरण, औषधि, पिपिई, थर्मल गनलगायतका कोरोनाको उपचारसँग सम्बन्धित छन्। करिब २० करोड रुपैयाँ मूल्य पर्ने सामग्री रहेको उनको भनाई छ।
क्यापटेन विजयलामाको नेतृत्वको टिमले नेपाल एअरलाईन्सको एअरबस ३३२ पहिलो पटक टेल अभिभको बेन गुरियन इन्टरनेशनल एअरपोर्टमा अवतरण गराएका हुन् ।