काठमाडौं – ग्रील तथा स्टील ब्यबसायी संघ ,काठमाडौं पश्चिम क्षेत्र अन्तरगत बल्खु ,थानकोट इकाईको तेस्रो अधिवेशन सम्पन्न भएको छ ।

ग्रील तथा स्टील ब्यबसायी महासंघ का अध्यक्ष मोहन कटुवाल को प्रमुख आतिथ्य र इकाई अध्यक्ष दिनेश कुमार दाहालको शभापतित्वमा उद्घाटन समरोह समरोह सम्पन्न भएको हो ।

बालाजु ,खुसीबुँ ,चमती इकाईका अध्यक्ष तोक बहादुर गधराज (तोकेन्द्र) ले स्वागत मनतव्य तथा प्रतिवेदन पेश गर्दै भने ‘ग्रील तथा स्टील व्यवसायमा लामो समय काम गर्दै आउनुभएका व्यवसायी साथिहरुलाई यो संस्थाको बारेमा त्यति धेरै बताईरहनु पर्ने अवस्था छैन । तर जो अन्जानमा यो व्यबसायमा लागेको छ ,जो अल्प ज्ञान लिएर यो फिल्डमा आएको छ , जो संस्था प्रति उत्तरदायी भएको छैन, त्यस्ता व्यवसायीहरुलाई भने गंभिर रुपमा दुई चार कुरा भन्नै पर्ने हुन्छ ।’

कार्यक्रममा महासंघका प्रथम उपाध्यक्ष ठुलोबाबु श्रेष्ठ , महासचिव बिबेकदास श्रेष्ठ ,काठमाडौं जिल्ला अध्यक्ष यज्ञ दास श्रेष्ठ , पुर्वी क्षेत्र का अध्यक्ष रोहित श्रेष्ठ ,पश्चिम क्षेत्र का अध्यक्ष शैलेस ठकुरी ,तथा इकाई अध्यक्ष हरुले मनतब्य राखेका थिए ।

ग्रील तथा स्टील व्यवसायी संघ काठमाडौंबाट पशुपति श्रेष्ठको संयोजकत्वमा राम प्रमोद ठाकुर र हरि प्रसाद लामिछाने सदस्य रहने गरि पठाईएको निर्वाचन समितिले सबै इकाई तथा पश्चिम क्षेत्रको निर्वाचन सम्पन्न गरि निर्वचित पदाधिकारीहरुलाई पद तथा गोपनियताको सपथ समेत खुवाएको छ ।
निर्वाचित पदाधिकारीहरुले केहिदिनमै आफ्नो कार्यभार सम्हाल्ने क्षेत्रका अध्यक्ष शैलेस ठकुरीले बताए ।

कार्यक्रममा पाँचवटै इकाईका एक एक जना उत्कृष्ट व्यवसायी लाई दोसल्ला ओढाएर प्रमाणपत्र सहित सम्मान गरिएको थियो ।

महासंघका अध्यक्ष मोहन कटुवाल ,वरिष्ठ उपाध्यक्ष निरन्जन कुमार श्रेष्ठ र काठमाडौं जिल्ला अध्यक्ष यज्ञदास श्रेष्ठ लाई पनि दोसल्ला ओढाएर सम्मान तथा अतिथि र पत्रकारहरुलाई समेत मायको चिनो प्रदान गरिएको थियो ।

तपाईको प्रतिक्रिया