काठमाडौं – उभिएरै लामो समय सितार बादन गरेर विश्व रेकर्ड कायम गरेकी सितार वादक सीतामैँया राजचललाई पन्ध्र हजार रुपियाँ नगद सहित कमला कार्की स्मृति पुरस्कार प्रदान गरिएको छ ।

चन्द्रागिरि नगरपालिका अन्तर्गत नैकापमा आयोजित कार्यक्रममा राजचललाई प्रमुख अतिथि माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले सो सम्मान सहित उक्त पुरस्कार प्रदान गरेको हो ।

कमला कार्की स्मृति प्रतिष्ठानकी संरक्षक अम्बिका कार्कीको सभापतित्वमा सम्पन्न कार्यक्रममा सो सम्मान र पुरस्कार प्रदान गरिएपछि पुरस्कृत प्रतिभा राजचलले संगीत क्षेत्रमा थप योगदान दिन आफूलाई थप ऊर्जा प्राप्त भएको बताइन्।

तपाईको प्रतिक्रिया