काठमाडौं – लिम्बु जातिमध्ये ‘फागो यक्युक वंशावली’ सार्वजनिक भएको छ । किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम यक्तेन, इतिहासविद भगिराज इङनाम, लेखक कृष्णविक्रम नेम्बाङलगायतको उपस्थितिमा बुधबार उक्त पुस्तक सार्वजनिक गरेको हो ।

सार्वजनिक गरिएको पुस्तक लिम्बु जातिको ६४ औं वंशावली हो । फागो यक्युक वंशावली निर्माण समितिले प्रकाशन गरेका हुन् ।

अनिता यक्युक लिम्बुले उक्त वंशालवी अध्ययन तथा अनुसन्धान गरेकी हुन् । ‘इतिहासलाई आधार बनाएर हाम्युङ्बा हाम्सेङ्बा पुर्खाका फागो वंशलाई यस वंशावलीको आधारपुर्खा मानिएको छ ।

इतिहासविद् इङ्नामले नेपालकै वंशावली लेखन इतिहासमा एक महिलाद्वारा लिखित पहिलो वंशावली भएको बताए ।

तपाईको प्रतिक्रिया