काठमाडौं – नयाँ राइड सेयरिङ एप ‘जाउँ गुरु’शुरु भएको छ । आज पत्रकार सम्मेलन गर्दै युवा व्यवसायीहरु खुशी लिम्बू, इन्द्रहाङ लिङदेन र दिवाकर अर्यालको संयुक्त लगानीमा ‘जाउँ गुरु’ प्रा.लि.मार्फत नयाँ राइड सेयरिङ एप सार्वजनिक गनुभएको हो ।

यो एपमा मोटरसाइकल र ट्याक्सी राइडरहरुले एपसँग आवद्ध भएर यात्रुहरुलाई चढाउँदा समेत शुल्क नलाग्ने प्रा.लि.ले जानकारी दिएको छ ।

प्रयोगकर्ताले जाऊँ गुरू एपबाट बाइक, ट्याकसी, बाइक डेलिभरी, पानी ट्यांकी, मिनी ट्रक र जिप भाडामा लिनसक्ने व्यवस्था छ।

चालकको लागि कम कमिसन, २४ सै घण्टा सेवा उपलब्ध, चालक बीमालगायतका सुविधा छन्।

जाउँ गुरु प्रा.लि.का अध्यक्ष इन्द्रहाङ लिङदेनले नेपालका लागि नेपालमा नै बनाएको राइडर एप सार्वजनिक गरिएको बताए ।

भिडियो

तपाईको प्रतिक्रिया