काठमाडौं – एक युवतीलाई जर्वजस्ती करणीको आरोप लगेका क्रिकेटका राष्ट्रिय टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।

कतार एयरवेजको विमानबाट आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनासाथ लामिछानेलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
विमानस्थल प्रहरी सुरक्षा प्रमुख डिआइजी श्याम ज्ञवालीका अनुसार सन्दीप लामिछानेलाई प्रहरीले विमानस्थलबाट नियन्त्रणमा लिएको छ ।

उहाँले भन्नुभयो, ‘लामिछाने नेपाल आइपुग्नुभएको भएको छ, उहाँलाई विमानस्थलबाट हामीले नियन्त्रणमा लिएका छौँ ।’ स्वदेश फर्किन लागेको जानकारी लामिछाने स्वयंले सामाजिक सञ्जालबाट दिएका थिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान १० बजे ओर्लिने विमान खराब मौसमका कारण अवतरण गर्न नसक्दा केही बेर ढिलाइ भएको थियो । दोहाबाट काठमाडौँ आएको कतार एयरवेजको जहाज केही बेर आकाशमा होल्ड भएको थियो ।

लामिछानेमाथि गत भदौ २१ गते आफूलाई बलात्कार गरेको आरोप लगाउँदै प्रहरीसमक्ष जाहेरी दिएकी थिइन ।
नेपाल प्रहरीको आग्रहअनुसार अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन इन्टरपोलले डिफ्युजन नोटिस जारी गरेकाले विमानस्थलमा प्रहरीले नियन्त्रणमा लिएको हो ।

तपाईको प्रतिक्रिया