काठमाडौं – नेपाल सरकारले राष्ट्रिय समाचार समिति (रासस)को रिक्त कार्यकारी अध्यक्ष पदमा वरिष्ठ पत्रकार धर्मेन्द्र झालाई नियुक्त गरेको छ ।

नेपाल सरकार, मन्त्रिपरिषद्को आज साँझ बसेको बैठकले उनलाई चारवर्षे कार्यकालका लागि राससको कार्यकारी अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको जनाइएको छ ।

नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय अध्यक्षसमेत रहेका झाले २०४३ सालदेखि पत्रकारिता सुरु गरेका हुन्।

तपाईको प्रतिक्रिया