नारायण लिंखा देबान

ललितपुर – गोदावरी नगर पालिका वडा नं १ विशंखु नारायण माध्यामिक विद्यालयमा गोदावरी नगर पालिका स्थानिय स्काउट कार्यलयको आयोजनामा पहिलो गोदावरी नगर स्तरिय पहिलो रोअर रेञ्जर क्याप्पको जगदिश्वर श्रेष्ठ (थैवरोअर रेञ्जर) को समापतित्वमा कार्यक्रम सुसम्पन्न भयो।

प्रमुख अतिथी गोदावरी नगरपालिकाका मेयर तथा स्थानिय स्काउटका संरक्षक गजेन्द्र महर्जनबाट स्काउटको झण्डोतलन गरी कार्यक्रमको उद्‌घाटन भयो।राष्ट्रीय गान साथै स्काउट गानबाट कार्यक्रमको शुभारम्भ भयो।

सो कार्यक्रममा स्वागत मन्तब्य स्थानिय स्काउटका संयोजक दिपक अर्यालले गरेका थिए। ईश्वरध्वज कार्की(प्र।अ विशंकुनारायण माध्यामिक विद्यालय) राम थापा वडान को वडा अध्यक्ष,लोक बहादुर भंडारी(राष्ट्रीय संयोजक नेपाल स्काउट्र) मुना अधिकारी उप (मेयर गोदावरी नगर पालिका,गजेन्द्र महर्जन मेयर गोदावरी नगर पालीका,सुप्रभात मंडारीले आफ्नो भनाइ राखेका थिए ।

कार्यक्रममा प्रेस काउन्सीलका पूर्व अध्यक्ष भवानी बराल,नेपाल पत्रकार महासंघ ललितपुरका अध्यक्ष सागर न्योपाने,सचिव रामहरी कार्की,सदस्य नारायण लिङखा देवान,नया पत्रिकाको शिवहरी घिमिरे,नेपाल टेलिभिजनका ईश्वर मर्हजन,एभिन्युज का प्रतिनिधी,प्राईम टेलिभिजनका प्रतिनिधी,इर्थ न्युज,विभिन्न विद्यालयका शिक्षकवर्ग,स्थानिय स्काउट का पदाधिकारीहरु,र सर्वसाधारण को उल्लेखनिय उपस्थिती थियो ।

तपाईको प्रतिक्रिया