गोसाइकुण्ड गाउँपालिकाको उप प्रमुख उम्मेदवारमा रसुवाको सुपरिचित समाजसेवी प्रतिमा लामा छानिएको छ । रसुवामा समाजसेवी को रूपमा लोकप्रिय बनेकी प्रतिमा नेकपा एमालेको तर्फबाट गाउँपालिकाको उप प्रमुख पदमा सिफारिस भएकी हुन्।

२०५४ सालमा एमालेबाट साविक स्याफ्रु गाविसाको अध्यक्ष बनेका बुबा कर्न्याल लामाको प्रेरणाबाट राजनीतिमा होमिएकी प्रतिमा ८ कक्षादेखि आफु काठमाडौ अध्यनरत भएकाले रसुवा सम्पर्कमा आबद्द भएर २०६४ साल देखि लागिपरेको थिइन । र पछि आफ्नो अध्यन सके पछि काठमाडौंको जागिर राजिनामा दिदै सम्पुर्ण अवसरलाई लात मार्दै आफ्नो गाउँ आफै बनाउनु पर्छ भनेर रसुवा फर्केकी थिईन २०७४ साल । पेशाले नर्स रहेकी प्रतिमाले आफ्नो पेशा सँग सँगै ूस्वास्थ र शिक्षित समाज निर्माणू अभियान लिएर रसुवाको हरेक गाउँ गाउमा गरिब दिन दुखी , बृद्धबृद्धाहरू, युवा, महिलाहरू, पिडितहरूलाई सेवा गर्दै हिडिकी थिइन जसले प्रतिमालाई रसुवामा धेरै सुपरिचित बनाईन । महामारीको समयमा समेत नर्स प्रतिमाले आफ्नो ज्यानको बाजि राखेर अरू घर भित्र थुनेर बस्ने समयमा आफु घर बहिरा निस्केर रसुवाली जनताको धेरै सेवा गरेकी थिइन । कोभिडको समयमा हरेक वडा वडाका स्वास्थ्य चौकीहरूमा अक्सिजन लगायत भिविन्न स्वास्थ्य सामाग्रीहरू सहयोग गरेको थियो भने बाढी पिडित, आगोलागि पिडित,किड्नी पिडित सबैलाइ सहयोग गरेका छनि ।

यसरी विभिन्न गाउहरूमा सामाजिक कार्यक्रमहरू संचालन गर्ने हुँदा समाजमा उनी परिचित थिइन् । उनीले २०७४ साल यता रसुवाको हरेक गाउँ गाउमा पुगेर सेवा गरेको र कमजोर प्रतिद्वन्द्वी रहेको हुदाँ पनि विपक्षी मतसहित प्राप्त गरेर बहुमतले विजयी हुने कुरामा ढुक्क छिन नर्स प्रतिमा । उनी आफ्नो पार्टी र विपक्षी पार्टी सबै माझ राम्रो छवि बनाउन सफल छिन ।

तपाईको प्रतिक्रिया