काठमाडौं – काठमाडौं उपत्यकामा सोमबारदेखि जोरबिजोर प्रणाली खारेज भएको छ । साथै फागुन १ गतेदेखि विश्वविद्यालय तथा अन्य शैक्षिक संस्थाहरु भौतिक उपस्थितीमा सञ्चालन गर्न पाउने भएका छन् ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिस अनुसार उपत्यकाका तीनै जिल्ला (काठमाडौं, भक्तपुर र ललितपुर) को प्रशासन कार्यालयले आइतबार मध्यराति सवारी साधानमा जोर बिजोर हटाउने निर्णय गरेको हो ।

यस्तै, आजको बैठकले डान्सबार, दोहोरी, क्लब जस्ता रात्रीकालिन व्यवसाय, सिनेमा घर, व्यायाम सेन्टर, स्वीमिङ पुल, फुटसल जस्ता व्यवसाय फागुन १ गतेदेखि राती १० बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया