काठमाडौं – प्रेस काउन्सिल नेपालले कोभिड–१९ महामारीका विषयमा पुष्ट्याइँबेगर विश्व स्वास्थ्य सङ्गठनको हवाला दिँदै जनमानसमा भ्रम फैलाउने किसिमबाट समाचार सम्प्रेषण भएकामा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

काउन्सिलले आज प्रेस विज्ञप्ति जारी गरी तथ्यगत पुष्ट्याइँबेगर सामग्री तयार भई एक समाचार संस्थाबाट समेत सञ्चारमाध्यममा वितरण भएको र सोही स्रोतका आधारमा सामग्री सम्प्रेषण भएको प्रति काउन्सिलले ध्यानाकर्षण भएको उल्लेख गरेको छ ।

समाचार सामग्री तयार एवं सम्प्रेषण गर्नुपूर्व सत्य, तथ्य र विश्वसनीयताको परीक्षण गरी वितरण र सम्प्रेषण गर्न गराउन समाचार संस्था, सञ्चारमाध्यम र सम्बन्धित पक्षसँग काउन्सिल अनुरोधसमेत गरेको छ ।

तपाईको प्रतिक्रिया