काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३-३ रुपैयाँ दरले बढाएको निगमले जनाएको छ। 

नयाँ मूल्यसूची अनुसार अब पेट्रोलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्य १२५ पुगेको छ । यस्तै आन्तरिक हवाई ईन्धनमा प्रति लिटर १० रुपैयाँले वृद्धि गरी प्रति लिटर ११६ पुगेको छ । एलपी ग्यासको मूल्य  भने यथावत राखिएको छ ।

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेकाले पेट्रोलियम पदार्थको मूल्य बढाएको निगमको दाबी छ। बढेको मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ।

तपाईको प्रतिक्रिया