काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य पुनः बढाएको छ ।

निगमले बुधबार रातिबाट लागूहुनेगरी पेट्रोल डिजेल र मट्टितेलमा ३ रुपैयाँ मूल्यवृद्धि गरेको हो ।

निगमले बढाएको मूल्य अनुसार पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ पुगेको छ । यस्तै डिजेल १२२ र मट्टितेल १२२ रुपैयाँ पुगेको छ ।

यस्तै, आन्तरिक हवाई इन्धनतर्फ प्रतिलिटर ५ रुपैयाँ बढाइएको छ । अब हवाई इन्धनको मूल्य आन्तरिकमा प्रतिलिटर १०६ रुपैयाँ प्रतिलिटर र अन्तर्राष्ट्रियमा ९९५ अमेरिकी डलर प्रतिकिलोमिटर पुगेको छ। एलपी ग्यासको मूल्य भने बढाइएको छैन ।

तपाईको प्रतिक्रिया