काठमाडौं – ‘आइडिया ग्रुप’को नेपाल शाखा ‘आइडिया फर नेपाल’ले आधुनिक पार्किङ सिस्टम भित्र्याइने भएको छ ।

बुधबार राजधानीमा आयोजित एक कार्यक्रमबीच पूर्वराष्ट्रपति डा. रामवरण यादवले सो परियोजनाको उद्घाटन गरेका हुन् । हङकङमा मुख्य कार्यालय रहेको ‘आइडिया ग्रुप’ गैरआवासीय नेपाली तथा विदेशी साझेदारहरू संलग्न एक बहुराष्ट्रिय कम्पनी हो ।

संस्थाकी निर्देशक रोजिना प्रधान राईले नेपालीहरूलाई विश्वभर कामदारको रूपमा मात्र हेरिने वर्तमान परिस्थितिलाई उल्टाउँदै नेपालीहरू पनि ‘इन्टरप्रेनर’ हुन् भन्ने स्थापित गराउन आफूहरू लागिपरेको बताइन् ।

कार्यक्रममा परियोजनाबारे जानकारी दिँदै आइडिया नेपालका अध्यक्ष गोकर्ण श्रेष्ठले अत्याधुनिक कार पार्किङ सिस्टम भित्र्याएपछि दुईवटा कार पार्किङ गर्ने स्थानमा दर्जनौँ कार पार्किङ गर्न सकिने बताए ।

तपाईको प्रतिक्रिया