काठमाडौं – ताप्लेजुङ समाज नेपालले काठमाडौंमा किराँत समूदायको मौलिक चाड ‘चासोक तङ्नाम’ मनाउने भएको छ ।

काठमाडौमा बसोबास गरिरहेका जिल्लाबासीलाई लक्षित गर्दै पुष १० गते शनिबार धुम्बाराहीको एसआर पार्टी प्यालेसमा चासोक तङ्नाम (उधौलाी पर्व) को आयोजना गर्न लागिएको
समाजका अध्यक्ष डम्बर बहादुर तुम्बाहाम्फे जानकारी दिए ।

आयोजकले लिम्बु जातिको परम्परागत सांस्कृतिक झाँकी, धान नाच, बिजुवा नाच, च्याब्रुङ नाच, याक नाच, स्याब्रो नाच, तामाङ नाच, साकेला नृत्य र वालन संगिनी लगायत धार्मिक तथा सांस्कृतिक नाचहरूको अवलोकन गर्न लागिएको पनि जानकारी गराएको छ ।

तपाईको प्रतिक्रिया