काठमाडौं – निर्माणाधिन लिम्बू कथानक चलचित्र ‘सुगुत् ’ को तीन वटा गीतको रेकर्डिङ कार्य सम्पन्न भएको छ ।

नेपालका चर्चित गायक राजेश पायल राइ र चर्चित गायिका अञ्जु पन्तको स्वर रहेको छ भने साथमा सुनिता थेगिम, मनु नेम्बाङ, सुमन लिम्बूको पनि स्वर रहेको छ । यासेली योङहाङ, रीता फोम्बो ठूली,जानुका काम्बाङको शब्द रहेको छ भने संगीत प्राज्ञ अशोक राईको रहेको छ ।पालामको लय/ संकलन भने रीता फोम्बो ठूलीको रहेको छ ।

पट कथा संबाद देबन्द्र खापुङ (सुर्केली) को रहेको उक्त ‘सुगुत’ चलचित्र पूर्वाञ्चलको तेह्रथुम, ताप्लेजुङ, पाँचथर, संखुवासभामा चाडै छायांकन हुने र टाइटल सार्वजनिक कार्यक्रममा कलाकार निर्माताहरुको नाम सार्वजनिक गरिने उक्त दिन चलचित्रको छायांकन मिती समेत घोषणा गरिने कथाकार एवं निर्देशक लोकेन साँवा लिम्बूले जानकारी दिए ।


