काठमाडौं – ताप्लेजुङका भरतमणि पौडेलले पछिल्लो समय चर्चामा रहेको रियालिटी सो कमेडी च्याम्पियन (सिजन – २ ) को उपाधि जितेका छन् । जितसँगै भरतमणीले कार र २५ लाख रुपैयाँ जितेका छन्।

शनिबार राति भएको फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई हराउँदै उनी सिजन -२ को विजेता बनेका हुन्।

यस्तै सेकेन्ड रनरअप सन्तोष थापा भए । उनले स्कुटर प्राप्त गरे । यसैगरी फस्ट रनरअप बिक्की अग्रवाल बन्न सफल भए भने टीभीएस अपाचेको मोटरसाइकल प्राप्त गरे ।

आफ्नो भोगाइ मिसाएर समसामुयिक व्यंग्य गर्ने उनको खुबीलाई दर्शकले अत्यधिक रुचाउनुका साथै पूर्वयुवराज पारससहितका नेताहरुको क्यारिकेचर गर्दै चर्चा बटुलेका थिए ।

तपाईको प्रतिक्रिया