सुजन तामाङ्ग (लोपेन)

रसुवा – रसुवा जिल्लाको उत्तरी भेगमा रहेको अति मनोरम पर्टकीय स्थल गोसाइँकुण्ड गाउँपालिका को लाङटाङमा जन्मनु भएको कर्तोक फाउण्डेशन काठमाडौंको संस्थापक कर्तोक तामाङ्गद्वारा गत्लाङ राहत वितरण गरेको छ ।

कोरोना को कारण लामो समय निषेधज्ञाका भएकोले जनजीवन कष्ट भएको हुँदा त्यस माथि पनि वृदवृद्धाहरुलाई झन् गार्हो भएको महसुस भएर आमा छोदिङमो गाउँपालिका गतलाङमा ६० जना वृदवृद्धाहरुलाई चामल र तेल वितरण गरिएको छ।

कार्यक्रममा वडा अध्यक्ष दावा गोम्बो तामाङ्गको प्रमुख अतिथि, विशेष अतिथिमा तामाङ्ग भाषा विध अजितमान तामाङ, समाज सेवी धन बहादुर तामाङ लगायत गाउँका बुद्धिजीवीहरुको उपस्थिति रहेको थियो ।

अध्यक्ष कर्तोक तामाङले आफ्नो भनाई राख्ने क्रममा भावुक हुँदै २०७२ सालको महा बिनाशकरी भुकम्पको बेला आफ्नो घरको २५ २६ जना परिवारलाई हिम पहिरोले पूरी मृत्यु भएको र यस्तो अवस्थामा आफू जस्तै कयौं परिवारको दुःख भएको देख्दा आफूले सकेको सहयोग गरम भन्ने हेतुले यस ूकर्तोक फाउण्डेशन दर्ता गरी विगतको दिन देखि धेरै थोरै आफूले सकेको सहयोग गर्दै आएको र यस महामारीको बेला आफ्नै जिल्लाको सबै ठाउँमा नसके पनि यस गतलाङमा उमेर ढल्केको वृदवृद्धाहरुलाई आफूले सकेको सहयोग गर्न पाउँदा खुसी व्यक्त गर्दै आगामी दिन हरुमा पनि सकेको साहयोग गर्ने बताउनु भएको छ ।

यस कार्यक्रमलाई सहजीकरण गरिदिने समाजसेवि धन बहादुर तामाङ आफूले विगत २०७२ सालको महा भुकम्पको बेला राहत बाढ्ने क्रममा यस गतलाङमा बाँड्न नपाउँदा दुःखी भएको र अहिले यस कोरोना महामारीको बेलामा आफूले सकेको सहयोग गर्न पाउँदा र यस कार्यक्रमको हिस्सा हुन पाउँदा खुसी भएको व्यक्त गर्नु भएको छ।

आफ्नो गाउँमा यसरी रहत बाढ्न आएकोमा खुसी हुँदै वृदवृद्धाहरुले सहयोग गर्नआएको मा धेरै धेरै धन्यवाद दिँदै आशीर्वाद समेत दिएको छ ।

वडा अध्यक्षले सम्पूर्ण टिमलाई खादा लगाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा हरुमा पनि सहयोगको अपेक्षा सहित यस कार्तोक फाउन्डेसन लाई उतर उत्तर प्रगतिको शुभकामना दिनु भएको छ।

तपाईको प्रतिक्रिया