काठमाडौं – केयरगिभरका रुपमा इजरायल जान आवदेन दिएका आवदेन स्वीकृत भएकाको भाषा परीक्षा आज हुने भएको छ ।
विभागका अनुसार गत साउन १२ गतेदेखि ३२ गतेसम्म खुला गरिएको अनलाइन आवेदनमा ९ हजार ६ सय ९९ जनाले आफ्नो नाम दर्ता गराएका थिए । भाषा परीक्षाको लागि ७ हजार ३ जना योग्य ठहरिएका हुन ।
इजरायलले एक हजार केगरगिभरको लानको लागि नेपाल सरकारसँग सम्झौता गरेको थियो । पहिलो चरणमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष जान पाउने छन् ।
अंग्रेजी भाषाको परीक्षा ८० पूर्णाङ्कको हुनेछ भने २० पूर्णाङ्कको अन्तर्वार्ता अर्थात् मौखिक हुन्छ । पास हुनको लागि ८० पूर्णाङ्कमा ५० प्रतिशत ल्याउनु पर्छ अर्थात् ४० नम्बर ल्याउनु पर्ने हुन्छ । वैदेशिक रोजगार विभागका अनुसार परिक्षा दिउसो १ बजेदेखि हुने छ ।
परीक्षा केन्द्रहरु
