काठमाडौं – कोभिड–१९ दोस्रो लहरका कारण बन्द रहेको मनकामना केबुलकार आजदेखि पुनः सञ्चालनमा आउने भएको छ । निषेधाज्ञासँगै गएको वैशाख १६ गतेबाट केबुलकार बन्द भएको थियो ।

मनकामना दर्शन प्रालिका अध्यक्ष राजुबाबु श्रेष्ठका अनुसार स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर केबुलकार सञ्चालन गर्न लागिएको हो ।

उनले भने, ‘यात्रुले पनि सुरक्षा मापदण्डलाई पालना गर्नु पर्दछ ।’ इच्छाकामना गाउँपालिकाको चेरेसमा स्टेसन रहेको यस केबुलकार चढेर यात्रु एवम् भक्तजन गोर्खाको मनकामना मन्दिर दर्शन गर्न जाने गर्दछन् ।

तपाईको प्रतिक्रिया