काठमाडौं – मोडल तथा कलाकार निशा घिमिरेको उपचारका क्रममा निधन भएको छ । अस्पतालका अनुसार उनको बुधबार साँझ मृत्यु भएको हो ।

अस्पतालद्वारा जारी विज्ञप्तिमा सबै प्रयासका बाबजुद पनि निशाको ज्यान जोगिन नसकेको उल्लेख छ ।

भारतमा सडक दुर्घटनामा परेर घाइते भएकी निशा लामो समयदेखि घरमै थला परेको अवस्थामा अस्पतालले गत जेठ २७ गते उद्धार गरेको थियो । घिमिरेको नर्भिकअस्पतालले निःशुल्क उपचार गरेको थियो ।

तपाईको प्रतिक्रिया