रसुवा – विगत लामो समय देखि स्वस्थ्य र शिक्षित सामाज निर्माण अभियानका अभियान्त नर्स प्रतिमा लामा द्वारा पुरानो स्याफ्रुबेशी र वाङबीका सम्पुर्ण घरधुरीलाई राहत वितरण गरेका छन्।

उक्त राहत वितरण कार्यक्रममा गोसाईकुण्ड गाउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष सिंगी दिण्डुप तामाङको र कोमिन श्यामेवाङफेल मा वि व्यवस्थापन समिति अध्यक्ष नुर्पु छिरिङ तमाङ तथा गाँउका लामा गुरू लामा निमा लामा र विस्थापित घरपरिवार सरोकार समितिका संयोजक भुज्यङ तामाङको उपस्थित रहेको थियो ।

विस्थापित वाङबी बस्तिका सरोकार समिति संयोजक भुज्युङ तामाङ तथा सम्पुर्ण समितिको समन्वयमा बढ्दो जाडोलाई मध्यनजर गरि न्याँनो व्लाङकेट १ र १ थान ३० केजी चामल १ र १ बोरा सम्पूर्ण घरधुरीलाई मायाको चिनो स्वरूप राहत वितरण गरेको सामाजसेवी नर्स प्रतिमाले बताउनु भयो ।

नर्स प्रतिमाले यी विस्थापित परिवारलाई सोही विस्थापित भए कै दिन अस्थायी बासस्थानमा सर्दा बखत पनि भुइमा रहेको चिसोबाट बचाउन तत्काल म्याट्रीसको व्यवस्थापन गरेको जुन समुदायको लागि पहिलो राहत भएको सरोकार समिति संयोजक तमाङले बताउनु भयो ।

कार्यक्रममा नर्स प्रतिमाको कार्य प्रति प्रशंसाा गर्दै नर्स लामालाई सम्पूर्ण गाउले द्वारा स्वागत गरि खादा लागाएर धन्यवाद ज्ञापन गर्नु भयो ।

तपाईको प्रतिक्रिया