काठमाडौं – काठमाडौं प्रवेश गर्ने मुख्य नाका नागढुंगा सडक आज बिहानैदेखि पुनः अवरुद्ध भएको छ।

प्रहरीका अनुसार नागढुंगाबाट झण्डै पाँचसय मिटर तल चिसापानी भन्ने ठाउँमा पहिरो खस्दा बिहान साढे पाँच बजेदेखि सडक अवरुद्ध भएको हो । हिजो बिहानदेखि दिउँसो एक बजेसम्म अवरुद्ध भएको सडक पहिरो पन्छाएपछि सञ्चालनमा आएको थियो। हिजो पहिरो गएकै ठाउँमा आज बिहान पुनः पहिरो गएको हो।

पहिरोले सडक दुईतर्फी नै पूर्णरुपमा अवरुद्ध भएको छ। पहिरोले सडक अवरुद्ध हुँदा सडकको दुबैतर्फ सवारी साधनको लामो लाइन लागेको छ। सडक अवरुद्ध भएपछि नाका हुदै उपत्यका भित्रीने र बाहिरीने लामो तथा छोटो दुरीका सवारी साधनहरु प्रभावीत भएको ट्राफिक प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया