रसुवा – २०७५ सालबाट मृगौला बिरामी सार्की छिरिङ तमाङ जो पेशाले गाडी चालक थिए । परिवारको कमाउने मुख्य व्यक्ति नै थला परे पछि समस्याको आगो बल्नुत स्वाभाविक नै हो ।

अझ बिरामी भए पछि आफ्नो जीवनको सहयात्री भन्ने पत्निले उपचारमा सहयोग गर्नुको साटो पोइला गएसि झन समस्याको पहाड नै बनेको छ । यो अवस्थामा गरीब त्यो माथि नि परिवारको साथ नपाए सि उपचार त कुरै छोडौं मानसिक तनाबमा मृत्युु सँग लडिरहेका थिई सार्की छिरिङ । त्यही बखत स्थानिय डिल्लीराज र सुरेश थोक्राले कामी तमाङको लागि संकलित केही रकम सार्की छिरिङलाई जुलाई १६ तारिखका दिन सहयोग हस्तान्तरण गरेर ‘सार्की छिरिङ थोक्रा बचाऊ अभियान’ सुरू गरेका थिए ।
सो कुरा जानकारी भएसि तत्काल बिरामीको अवस्था र उनको बास्तविकता बुज्न काठमाडौं पुगिन सामाजिक अभियान्ता नर्स प्रतिमा । त्यस पछि बिरामीको बारे सबै बुजेपछि सामाजिक अभियान्ता नर्स प्रतिमाले ‘सार्की छिरिङ बचाऊ अभियान’ संचालन गरेका थिए ।

मनकारी व्यक्तिलाई सेवा गर्न ठाउ र दुरीले छेक्दैनन् भने झै नर्स प्रतिमाले सामाजिक संझाल फेसबुक मार्फत गरेको अभियानलाई समर्थन गर्दै स्ट्याटस हालेको एक मिनेट नबित्दै प्रतिमाको विगतका दिनमा रसुवाको सबै गाउपालिकामा गरेको सामाजिक क्षेत्रका उदाहरणीय धेरै राम्रो राम्रो कामहरूको कारण मन पराएर देश बिदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरूले फेसबुकमै तपाईंको अभियानलाई साथ दिन ईच्छुक रहेको कमेन्ट सहित सम्पर्कमा आउनु भयो । सामाजिक सन्जालको शक्ति त्यति सम्म कि अभियान्ता नर्स प्रतिमाले सामाजिक संजालमा स्ट्यटस हालेको भोलि पल्टा देखि नै साथै सहयोग गर्ने नया नयाँ अभियान्ताहरू थपिन थाले । यसरी गर्दै जादाँ दस जना अचियान्ताहरूबाट छोटो समयमा करिब १६ लाख जति सहयोग रकम संकलन भएको बताउनु भयो ।यसरी आवश्यक रकम संकलन भैसकेको हुदाँ प्रतिमाले सार्की छिरिङ अभियानलाई बन्दा गरेर आफ्नो र भुज्युङको तर्फबाट संकलित रकम बिरामीलाई भेटेर मिति २०७८ भाद्र ५ गतेका दिन स्थानिया सुरेश थोक्रा, डिल्लीराज र उनका आफ्नो भाईको उपस्थितिमा अभियान्ता नर्स प्रतिमाले रू २ लाख ६ हजार ३ सय ८८ रूपैया हस्तान्तरण गरेको थियो।

यो रकम स्थानिय सक्रिया सुरेश थोक्राले यो रकम सबै अभियान्ताहरूले उठाएका मध्ये सबै भन्दा धेरै रहेको बताउनु भई साथ र सहयोगको लागि अभियान्ता नर्स प्रतिमालाई धन्यबाद दिनुका साथै बिरामी सार्की छिरिङ थोक्रोले पनि आफू आर्थिक समस्याका करण उपचार गर्न नसकिरहेको अवस्थामा आफु बस्ने ठाउँ सम्म खोजिनिति गरेर आउनु भएर आफ्नो समस्यालाई प्रचार प्रसार गरिदिनु भएको हुदाँ आभार व्यक्त गर्दै अब आाफुले नयाँ जीवन पाउने आशा पलाएको बताउदै खुशीका केही अाँशुका थोपा खसाल्दै अभियान्ता नर्स प्रतिमालाई धन्यवाद दिनु भयो ।

नर्स प्रतिमाले यो अभियान छोटो समयको लागि संचालन गरेको थियो तर यति छोटो समयमा यति आफु प्रति बिश्वस गरेर सहयोग आउनु र आफुले सुरू गरेको अभियानबाट यति धेरै नयाँ अभियानेताहरू सामाजको लागि केही गरौ बन्ने सोँचका साथ आफुबाट प्ररित भएर निस्किनु भएकोमा आफु धेरै खुशी भएको र यसले अझ सामाज प्रति थप जिम्मेवारी महसुस गराएको बताउनु भयो ।

रसुवाको एक उदाहरणीय सामाजसेवी नर्स प्रतिमाले आफ्नो अभियानमा साथ दिएर सहयोग पठाउनु भएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूको हरेक रकमको सही अभिलेख राखेर पारदर्शी तरिकाले स्थानियहरूको रोवहरमा बिरामीलाई हस्तान्तरण गरेको बताइन् ।

तपाईको प्रतिक्रिया