
सुजन तामाङ्ग (लोपेन)
रसुवा नौकुण्डगाँउपालिकाको कोलेडाँडामामा गएराती परेको अविरल वर्षाले घरमाथिबाट आएको पहिरोले घर पुरिदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
नौकुण्ड गाउँपालिका (५ कोलडाँडाका श्यामबहादुर घलानको घर पुरिँदा उनकी श्रीमती र दुई बच्चाको मृत्यु भएको हो । अर्का एक बच्चाको खोजीकार्य जारी छ ।
पहिरोमा ३२ वर्षीय कमला घलान, ११ वर्षीया सोकिता घलान, ८ वर्षीया सुकुमाया घलान र ७ वर्षीय आषिश घलान पुरिएका थिए । श्यामबहादुर घाइते छन् ।
उनलाई उद्धार गरी उपचार गर्न सुरुमा नुवाकोटको त्रिशूली अस्पताल पठाइएको र पछि त्यहाँबाट काठमाडौंको ट्रमा सेन्टरमा रिफर गरिएको प्रहरीले जनाएको छ ।