रसुवा, सुजन तामाङ्ग (लोपेन)


सुवा – रसुवाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ५ स्थित स्याफ्रुका २२ घरधुरी २०७२ सालको भूकम्पले पनि क्षति नपुगेको स्थानीयले हाल निर्माणाधिन लाङटाङ भोटेकोशी आयोजनका कारण पहिरोको उच्च जोखिममा परेको छ।


त्यहाँ दिनहूँजसो ढुंगा झरिरहने भएकाले स्थानीय राति घर छाडेर अन्य ठाउँमा बस्न बाध्य भएका छन् । दिउँसोको समयमा डराएर भएपनि घरमा बस्ने गरेको र साँझ परेपछि अन्तै बस्न जाने गरेको त्यहाँको स्थानीय एवंम राष्ट्रिय युवा संघ जिल्ला कमिटि रसुवाका कोषाध्यक्ष बुचुङ तामाङले बताए । ‘यहाँ जोखिम बढ्दै गएपछि हामीले जिल्ला प्रशासन कार्यालयमा समेत ज्ञापनपत्र बुझाएका छौं’, उनले भने, ‘समयमा नै पहिरो नियन्त्रणको काम नगरेमा थप क्षति बेहोर्नुपर्छ ।’


स्याफ्रुको सिमानामा पर्ने रोंगामा निर्माााधीन लाङटाङ भोटेकोशी हाइड्रोपावरले दैनिक रूपमा तीन पटकसम्म र प्रतिपटक २ सय किलो भन्दा बढी प्रयोग गरेको कारण पुरानो बस्ती जोखिममा परेको उनले बताए । पुरानो बस्तीको माथिबाट ढुंगा आइ लाङटाङ खोलामा पुगेको र हाल सो स्थानमा रहेको ठुलो ढुंगा झर्ने अवस्थामा रहेको हुँदा यस स्थानमा रहेको हाम्रो बस्तीहरू जोखिममा रही हाल अन्यत्र स्थानमा बस्नु परेको ज्ञापनपत्रमा उल्लेख छ ।


हाल सो बस्तीलाई पुरानो अवस्थामा बस्तीमा बसोबास गर्न त्यहाँ क्षेत्रको पहिरो रोकथामका लागि पटकपटक मौखिक÷लिखित रूपमा हाइड्रोपावरलाई जानकारी गराउँदा समेत सुनुवाइ नभएको उनको भनााइ छ

तपाईको प्रतिक्रिया