काठमाडौं – कोरोना सङ्क्रमण बढेको भन्दै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निकट भविष्यमा हुन लागेका सबै परीक्षा स्थगन गर्न सिफारिस गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठले कोरोना सङ्क्रमण फैलँदै गएको परिस्थितिमा चार लाख विद्यार्थीको जीवनरक्षाप्रति संवेदनशील रहेको उल्लेख गर्दै परीक्षा स्थगन गर्न सिफारिस गरिएको बताउनुभयो ।

राज्यमन्त्री श्रेष्ठले सामाजिक सञ्जालमा यसबारे लेखेर सीसीएमसीलाई परीक्षा स्थगनका लागि सिफारिस गरेको जनाएका छन् । स्वास्थ्य मन्त्रालयको उक्त सिफारिस अनुसार हाल सञ्चालन भइरहेको स्नातकोत्तर साथै कक्षा १२ को परीक्षा प्रभावित हुनेछन् ।

तपाईको प्रतिक्रिया