काठमाडौं – ताप्लेजुङ दोभान बजार आगलागि पीडित राहत संकलन तथा वितरणको आज एक पत्रकार सम्मेलन गरी हर – हिसाब सार्वजनिक गरेका छन् ।

२०७७ फागुन १८ गते गते विहान ताप्लेजुङको मेरिङदेन गाउपालिका स्थित देभान बजारमा भिषण आगलागि भएको थियो । दोभानबासीलाई राहत उद्धारको लागि ताप्लेजुङ समाज नेपालले तत्काल राहत अभियान शुरु गरेका थिए ।

दोभान बजारका अग्नि पीडितलाई ताप्लेजुङ समाज– नेपालद्धारा दश लाख सन्तान्नब्बे हजार एक सय चौहत्तर सहयोग रकम हस्तान्तरण गरेको छ।

राहत अभियानमार्फत देश तथा विदेशबाट संकलित उक्त रकम जिल्लाका प्रतिनिधिसभा सांसद तथा पुर्वमन्त्री योगेशकुमार भट्टाराई मार्फत घटना स्थलमै पुगेर असार २१ गते हस्तान्तरण गरिएको संस्थाका अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फेले बताए ।

त्यस अप्रत्यासित घट्नाबाट ४९ घर जलेर पूर्णरुपमा ध्वास्त हुनुका साथै ति घरहरुमा विभिन्न पेशा, व्यवसाय संचालन गरी बसोबास गर्नु हुने करिब ७९ परिवार पूर्णरुपमा आवास विहीन बन्न पुगेका थिए ।

हेर्नुहोस् पुरा विवरण कहाँ – कहाँबाट कति उठे रकम..

तपाईको प्रतिक्रिया