काठमाडौं – आजबाट लामो तथा मध्यम दुरीको सार्वजनिक यातायात पनि खुला भएको छ । शुक्रबार काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

बैठकले गत साउन ५ गतेको गृहमन्त्रालयको पत्रअनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम काठमाडौं उपत्यकाबाट मध्यम तथा लामो दूरीका सार्वजनिक सवारी साधनले स्वास्थ्य मापदण्डको पूर्ण परिपालना भने गर्नुपर्नेछ।

विश्वविद्यालय र लोकसेवा आयोगका परीक्षालाई मध्यनगर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले शुक्रबार लामो दूरीका सार्वजनिक सवारी साधन सरकारले तोकेको मापदण्ड पालना गरी सार्वजनिक यातायात चलाउन अनुमति दिएको हो । ।

तपाईको प्रतिक्रिया