काठमाडौं – चन्द्रागिरि नगरपालिकाले महानगरीय प्रहरीवृत्त थानकोटलाई दुई थान मोटरसाइकल सहयोग गरेको छ । चन्द्रागिरिले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत आज रु पाँच लाख ३२ हजार मूल्य बराबरको दुई थान प्लल्सर मोटरसाइकल सहयोग गरेको हो । महानगरीय प्रहरीवृत्त थानकोटमा आज आयोजित कार्यक्रममा नगरपालिकाका प्रमुख घनश्याम गिरीले महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहलाई मोटरसाइकल हस्तान्तरण गर्नुभयो ।

चन्द्रागिरी नगरपालिकाका प्रमुख गिरीले सो नगरपालिकामा शान्ति सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रण कार्यमा थप मद्दत पु¥याउने उद्देश्य अनुरुप महानगरीय प्रहरी वृत्त थानकोटलाई उक्त मोटरसाइकलहरु प्रदान गरिएको बताए । नगर प्रमुख गिरीले भने ‘हामीले नगरपालिकाको शान्ती सुरक्षालाई थप सहजिकरण गर्ने नागढुङगा देखि कलंकी सम्मको क्षेत्रमा १ करोडको सिसिटिभी जडान गरिसकेका छौ आगामी दिनमा दहचोक ध्यापे टोल,पानीघाट र थप गर्न एक करोड भन्दा वढि सुरक्षाका लागि हामीले योजना बनाईसकेका छौ।’

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रमुख सिंहले समुदाय तथा स्थानीय निकायले प्रहरीलाई निःस्वार्थ प्रदान गरेका स्रोतसाधनले समाजको शान्ति सुव्यवस्था, अपराध अनुसन्धान तथा नियन्त्रणमा थप सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रहरी वरिष्ठ उपरीक्षक सिंहले प्रहरीलाई उपलब्ध भएका स्रोतसाधनको उच्चतम् प्रयोग गर्दै काठमाडौँ उपत्यकाको प्रमुख प्रवेशद्वार चन्द्रागिरिको शान्तिसुरक्षालाई थप मजबुद बनाउनुपर्ने उल्लेख गर्नुभयो ।

तपाईको प्रतिक्रिया